अभियुक्त रवि फरार भएको घटनापछि आलोचना बढेकै बेला केन्द्रीय सदस्य डा.अधिकारीले पार्टी छाडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका बेला केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

डा.अधिकारी रास्वपाका संस्थापक सदस्य हुन् । डा.अधिकारीले शुक्रबार केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

डा.अधिकारीले पदप्रति आशक्ति नभएको व्यक्ति रहेको भन्दै रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिएको बताएका छन् । उनले पार्टीलाई केही आरोप नगरी राजीनामा दिएका हुन् ।

रास्वपाकी पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा पछि डा.अधिकारीले पनि केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै रास्वपा परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरूलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो । कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने केही नेताहरूको विचार थियो ।

रास्वपाका नेताहरूमा निकै बिचलन हुन थालेको छ । रास्वपाका नेताहरू कुनैन कुनै काण्डमा संलग्न छन् । सभापति लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दा झेलिरहेका छन् । जेनजी आन्दोलनको क्रममा आफ्नो पार्टीका नेता, कार्यकर्तालाई घुसपैठ गराएर नख्खु जेलमा तोडफोड र आगजनी गर्न लगाएर भदौ २४ गते जेलबाट फरार भएका थिए ।

नख्खु जेलबाट फरार हुने क्रममा सभापति लामिछानेले कीर्ते पत्र बनाएर सार्वजनिक गरेका थिए । त्यसपछि जेनजी आन्दोलनकारीले विरोध जनाएपछि तनाबमा परेका रास्वपाका सभापति लामिछाने र नेताहरूले बाल्न सक्ने अवस्थामा छैनन् । नेताहरूले धमाधम रास्वपा छाड्ने क्रम बढेको छ ।

Published : Friday, 2025 September 26, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया