कांग्रेसका युवा नेताहरूद्वारा समयमा महाधिवेशन गर्न माग, गगन-विश्वको विशेष महाधिवेशनको एजेण्डा खारेज

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गर्न माग गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेताहरूले मंसिर महिनाभित्र कांग्रेसको १५औँ महाधिवेशन गर्नुपर्ने माग राखेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरिरहेका बेला कांग्रेसका युवा नेताहरूले मंसिर महिनाभित्र नियमित महाधिवेशनको माग गरेका छन् ।

कांग्रेसको नियमित महाधिवेनको माग गर्नेहरूमा रञ्जीत कर्ण, दीपक भट्टराई, बद्री अर्याल, सरोजकुमार थापा, नवीन राई, केदार कार्की, विजुला बर्मा, मनहरि श्रेष्ठ, भूपेन्द्रजंग शाही, पुष्पकुमार शाही लगायत रहेका छन् ।

युवा नेताहरूले कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक राखेर नियमित महाधिवेशन मिति तोक्न पनि माग गरेका छन् । सभापति शेरबहादुर देउवा पनि १५औँ महाधिवेशन समयमा गर्नका लागि इच्छुक छन् ।

Published : Thursday, 2025 September 25, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया