घुसपैठ गरेर सभापति देउवासहित ३६ नेताहरूको घरमा लुटपाट र आगजनी, जिल्ला नेताहरूको पनि क्षति
काठमाडौं । जेनजी आन्दोलनका नाममा भएको घुसपैठबाट नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवासहित ३६ जना केन्द्रीय नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा भएको आगजनीमा करीव १० करोड बराबरको क्षति भएको छ । जेनजी पुस्ताको नाममा घुसपैठ गरेर कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी गरिएको थियो ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा पत्रकार सम्मेलन गरेर सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले सभापति देउवा र केन्द्रीय सदस्य डा.आरजु राणाको बुढानिलकण्ठस्थित निवासमा तोडफोड, लुटपाट र आगजनी भएको बताए ।
घर र निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी भएका नेताहरूमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ रहेका छन् ।
पूर्व उपसभापति एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्व उपसभापति एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह, पूर्व उपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधि, पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य डा.रामशरण महत, पूर्व सहमहामन्त्री अर्जुननरसिंह के.सी., पूर्व सहमहामन्त्री एवं प्रवक्ता डा.प्रकाशशरण महतको घरमा आगजनी र लुटपाट भएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य सञ्जय गौतम, केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य बालकृष्ण खाण, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रामजनम चौधरीको पनि घर जलाउनुका साथै लुटपाट भएको कांग्रेसले जनाएको छ ।
केन्द्रीय सदस्य डा. गोपाल दहित, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोेशी, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी., केन्द्रीय सदस्य विनोद चौधरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, केन्द्रीय सदस्य राजिव ढुंगाना, अनिल रुंगटा, बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि लुट्नुका साथै आगजनी भएको विज्ञप्तिमा उल्लेख छ ।
000
भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनामा नेपाली कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पतिको क्षति प्रारम्भिक विवरण सहित समसामयिक धारणा बारे जारी
प्रेस विज्ञप्ति
१. गत भाद्र २३ र २४ गते नेपालका जेन–जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनलाई सरकारकोे विरोध गर्न पाउँने हक लोकतान्त्रिक विधि पद्दति भित्रको मौलिक अभ्यासका रुपमा नेपाली कांग्रेसले लिएको थियो र सोही अनुसार शान्तिपूर्ण प्रदर्शन हुने र सरकारले उनीहरुको आवाज सुन्नुपर्छ र जायज माग सम्वोधन पनि हुनुपर्छ भनि पार्टीले धारणा सार्वजनिक गर्दै आएको थियो ।
भाद्र २३ गते नै प्रदर्शनकारीले सोंचेको भन्दा फरक र अनियन्त्रित रुपमा प्रदर्शन हिंसात्मक बन्यो । सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिने र हिंसा भड्कन नदिने अन्य पर्याप्त संभावना र उपायहरु हुँदाहुँदै एक्कासी गोली चल्ने र निहत्था दर्जनौ किशोर किशोरीको ज्यान जाने अवस्था सिर्जना भएपछि प्रदर्शनले थप हिंसात्मक रुप लियो । यो नेपाल र नेपालीका लागि अत्यन्तै दुःखद र निन्दनीय घटना हुन पुग्यो । यो घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउँनु भएका सम्पूर्ण महान नेपाली आमाका सपुतहरु प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कार्वाहीको माग गरेको कुरा पुनः दोहो¥याउछ ।
२. भाद्र २३ गतेको घटनाले हिंसात्मक रुप लिएपछि आयोजक जेन–जी समूहले सार्वजनिक रुपमै प्रदर्शन फिर्ता लिएको घोषणा मात्रै गरेनन् बरु आन्दोलनलाई हिंसात्मक नबनाउन सामाजिक संञ्जालवाट सन्देश सम्प्रेषण गरिनैरहे । तर जेन–जीको आन्दोलनमा घुसपैठ गरि आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरुले २४ गते विहानै देखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाहरु घटाउन थाले । जसबाट हरेक नागरिक, लोकतन्त्रवादी राजनैतिक दलका केन्द्र देखि वडा तहसम्मका कार्यालयहरु, सवै तहका नेताका निजी निवास, प्रहरी कार्यालय, राज्यका मुख्य अंग एवं लोकतन्त्रका आधार स्तम्भहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, लोकतान्त्रिक स्थापनाका लागि जीवन समर्पण गरेका नेपाली कांग्रेसका संस्थापक नेताहरुको घर तथा आश्रमहरु “कोइराला निवास, विराटनगर, गणेशमान निवास चाक्सीवारी काठमाण्डौ, किसुनजी आश्रम वाडेगाँउ ललितपुर” व्यवसायिक प्रतिष्ठानहरु लगायत नेपालको ऐतिहासिक भवन र दस्तावेज संगै नेपालको उन्नति र प्रगति संग जोडिएका अधिकांस नीजि तथा सार्वजनिक संरचनाहरु तोडफोड, आगजनी र लुटपाट गरि ध्वस्त (खरानी) वनाइए ।
यस्ता अपराधिक समूहको सूनियोजित योजनाको निशानामा जसरी अन्य लोकतन्त्रवादी राजनैतिक दलको कार्यालय र नेताहरुको नीजि निवास परे त्यसै गरि नेपाली कांग्रेसको पार्टी कार्यालय, पार्टी सभापति श्री शेरवहादुर देउवा र उहाँको निवास पनि प¥यो । यस्तो अमानवीय र वर्वतापूर्ण अपराधिक घटनाको कडा शव्दमा निन्दा र भत्सर्ना गर्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कार्वाही गरी पिडितलाई न्याय दिलाउँन र नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराई कानूनी राज्यको प्रत्याभूति गराउँन तत्काल उच्च स्तरिय न्यायिक छानविन आयोग गठन गर्न नेपाली कांग्रेसले निरन्तर माग गर्दै आएकोछ । अपराधिक घटनामा संलग्न जुनसूकै दलमा आवद्ध जो कोहीलाई कुनै राजनीतिक आग्रह पूर्वाग्रहवाट मुक्त भई कानूनी दायरामा ल्याउँन नेपाली कांग्रेस माग गर्दछ ।
३. २०८२ भाद्र २४ गते विभिन्न अपराधिक समूहहरुले गरेको तोडफोड, लुटपाट र आगजनीवाट देशभरका विभिन्न ऐतिहासिक तथा भौतिक, नीजि तथा सार्वजनिक संरचना गरेर खर्वौको क्षति भएको छ । क्षतिको यथार्थ मूल्याङ्कन भईसकेको छैन । भूकम्प, कोभिड र अन्र्तराष्ट्रिय क्षेत्रका विभिन्न युद्ध जस्ता विपद र महामारीवाट थिलथिलो भई भर्खर भर्खर उठ्न लागेको राज्यको अर्थतन्त्र एक्कासी फेरी कहालीलाग्दो अवस्थामा पुगेको छ ।
सामान्यतया कुनै दुई मुलूकका वीचमा लामो समय सम्म अत्याधुनिक हातहतियारको युद्ध चल्दा पनि मुख्य प्रशासनिक भवन जस्तैः राष्ट्रपति भवन, प्रभानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, मन्त्रालय र मन्त्रीका निवासहरु संसद भवन र सांसद आवासहरु, अदालत भवन र न्यायधिसका निवासहरु त्यहाँको सुरक्षा वलले अन्तिम समयसम्म सुरक्षित राखेको पाईन्छ ।
तर हाम्रो देशमा भ्रष्ट्राचार विरुद्ध, सुशासनको माग राखेर निश्चित उमेर समूहका मानिसहरुले शान्तिपूर्ण आन्दोलन गर्छन । निहत्था वाटोमा हिडिरहेका विद्यार्थीलाई निधार र छातिमा गोली लाग्छ अनि अत्त्याधुनिक हातहतियार सहित तैनाथ हजारौं सुरक्षाफौजको घेरामा सुरक्षित राखिएका राष्ट्रपति भवन, संसद भवन, सिंहदरवार र सर्वोच्च अदालत जलेर खरानी हुन्छन् । तीनको चित्कार कसैले सुन्दैन हातमा हतियार वोकेका सुरक्षकर्मीहरु पनि टुलु टुलु हेरेर वस्नु पर्ने स्थिती देखापर्छ । राज्य किन यस्तो भयो ? आम नागरिकको प्रश्न छ । सायद यसको उत्तर वर्तमानमा कसैले नदिएपनि ईतिहासले दिनेछ । भावि पुस्ताले आँशू झार्दै पढ्नेछन् ।
४. जेन–जी पुस्ताले उठाएका मागहरु आम नेपालीका माग हुन । उनहिरुले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको उच्चतम व्यवहारिक अभ्यास हो । तर ती पवित्र उद्देश्य लिएर प्रदर्शनमा उत्रिका यूवाहरुको भिडमा पसि आफ्नो कुत्सित स्वार्थ पुरा गर्न शिलशिलावद्ध तोडफोड, लुटपाट, आगजनी जस्ता हिंसात्मक गतिविधी गराई दर्जनौ नेपाली यूवाहरुको ज्यान जाने परिस्थिती निर्माण गर्ने गराउँने जो कोही भएपनि अपराधी नै हो । राज्यले उन्मुक्ति दिनु हुँदैन ।
घटना अनियन्त्रित भई असिमितरुपमा जनधनको क्षति हुने देखेर प्रधानमन्त्रीले राजीनामा दिनु भयो ।संविधान वमोजिम् विद्यमान संसदवाट नयाँ सरकार गठनको वाटो खुल्ने हो तर अकस्मात आन्दोलनकारी यूवा समूहहरु ओझेलमा पारिन्छन् र असंवैधानिक प्रस्तावहरु एकाएक वाहिर आउँछन् । विपदकावेला देखिने राज्यका मुख्य शक्तिहरु त्यसैलाई आधार वनाई निकासको वाटो खोज्छन् । एकातिर मुख्य राजनैतिक दलका शिर्षस्त नेताहरु विशेष सुरक्षा घेरामा रहेको र कर्फु आदेश जारी भएकोले नागरिकहरु स्वतस्फूर्त सडकमा आउँन नसकेको अवस्थामा संविधानको पक्षमा महामहिम राष्ट्रपतिज्यूले लिनु भएको अडानले लोकतन्त्र प्रतिको उहाँको निष्ठा पुनः एक पटक प्रमाणित गरेको छ ।
जेएन–जी पुस्ताको आन्दोलन, विकसित जटिल राजनीतिक अवस्था र विद्यमान संविधानका वीचमा संसद वाहिरवाट पनि सरकार वनाउँने वाटो निकाल्न सकिन्थ्यो । त्यसकालागि राजनीतिक दलको सहमति र संसदको ऐतिहासिक भूमिका आवश्यक थियो । त्यो पनि संभव वनिसकेको थियो । तर हिंसा र आतङ्कको भूमरीमा राजनीतिक दल प्रति विष वमन गर्दै आक्रोस र निषेधको वाटो हिड्न खोज्दा आज संविधान एकातिर सरकार अर्कातिर भएको देखिन्छ ।
राज्यका सवै सरकारी संरचना ध्वस्त वनाएको अवस्थामा प्रतिनीधिसभाको निर्वाचनको घोषणा भएको छ । खलवलिएको राज्यव्यवस्थालाई मुलूकको संविधान वमोजिम लयमा फर्काउँने धेरै उपाय मध्ये संसदको उपस्थिती पहिलो हो । प्रतिनीधिसभा विघटन भई अर्को निर्वाचनका लागि मिति घोषणा भएको छ । नेपाली कांग्रेस वैधानिक सरकारले गराउँने शाान्तिपूर्ण वातावरणमा हुने धाँधली रहित निर्वाचनवाट कहिल्यै अलग वस्दैन भन्ने कुरा स्पष्ट पादछौ ।
५. राज्यको सुरक्षा संयन्त्र निष्क्रिय पार्ने, समाजलाई हिंसा र आतङ्कको भूमरीमा राख्ने तत्वहरु यत्रतत्र सल्वलाईरहेको वेला हरेक नागरिक, उद्योगी, व्यापारी तथा व्यवसायीहरु सुरक्षित रहन वा आफु र आफनो जनधन सुरक्षित छ भन्ने महसूस गराउँनु राज्यको कर्तव्य हो तर अहिले राज्य प्रति नागरिकको विस्वास टुटेको, सुरक्षकर्मीनै नागरिक संग साथ सहयोग र समर्थन खोज्दै हिडेको र विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका कैदी वन्दीहरु करागार वहिर रहेको अवस्थामा नागरिकहरुले आपसमा एकता कायम गरि व्यक्ति–परिवार, टोल–छिमेक, दलहरु वीच समेत एकता र सहकार्य गरि नागरिकको जीउ धनको रक्षा गर्नुपर्ने अवस्था छ । यस विषम परिस्थितीमा हरेक नागरिकले आ–आफ्नो क्षेत्रवाट सामाजिक एकता, सद्भाव कायम गरि एक अर्काको सहयोगमा जुट्न आवश्यक भएकोले नेपाली कांग्रेस आफना सवै पार्टी संरचनामा आवद्ध साथीहरुलाई अपील गर्दछ ।
६ नेपाली कांग्रेस नेपालका विभिन्न आरोह अवरोह, दुःख कष्ट खपेर नेपाल र नेपालीका लागि निरन्तर क्रियाशील संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रका पक्षमा पहाडझै उभिएको मुलूककै पहिलो र ठूलो पार्टी हो । विचारले जन्मिएको र नेपाली जनताको साथ र समर्थनले हुर्किएको बढेको यो पार्टीले मुलूकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व मात्रै गरेको छैन । जनतालाई निरङ्कुसता र दासतावाट मुक्ति दिई आर्थिक समुन्नतिकालागि उदारणीय नीति लागू गरी नेपाली जनताको अवस्था परिवर्तनमा पनि उल्लेख्य योगदान गरेको छ ।
विगतमा विभिन्न संकटको सामना गर्दै अनुभव हासिल गरेका पार्टीका साथीहरुले वर्तमान अवस्थालाई पनि सहजै सामना गर्नुहुनेछ । तीनै तहका सरकारी संरचना, पार्टी कार्यालय, पार्टीका नेता साथीहरुको भौतिक संरचनामा तोडफोड र आगजनी गरी खरानी वनाएता पनि विचार, सपना र योजना जलेको छैन । जनताको साथमा कमि हुने छैन भन्ने आत्मा विस्वासका साथ “ हामी उठ्छौ । हामी जुट्छौ । हामी जित्छौ ।” भन्ने उच्च मनोवल लिएर संगठनको काममा उत्तिकै क्रियाशील रहनुहुनेछ भन्ने दृढ विस्वास लिइएकोछ । मानिसको व्यक्तिगत जीवनमा जस्तै पार्टीको जीवनमा पनि अनेकन उतार चडावहरु आउँछन् । यस्तो जटिल मोडमा आवेग र उत्तेजना होईन विवेक, संयम र धैर्यताले काम गर्नुपर्दछ ।
७. भाद्र २४ गतेको घटनामा भौतिकरुपमा क्षति भएका कांग्रेस पार्टी र नेताका नीजि आवासहरुको विवरण
(क) नेपाली कांग्रेस केन्द्रीय कार्यालय
जलाएर ध्वस्त पारिएको कुनै पनि सामान नबचेको र करीब रु. दश करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण
(ख) नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको व्यक्तिगत घरतथा सम्पतिको क्षति विवरण
क्र.स. नम पद क्षति विवरण
१. सभापति श्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा – वुढानिलकण्ठमा रहेको घरमा आगजनी, तोडफोड, लुटपाट गरी घरमै रहनु भएका आदरणी सभापति शेरवहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा माथि अमानविय रुपमा भौतिक आक्रमण भएको ।
– केन्द्रीय सदस्य आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपलिका स्थित घरम समेत आगजनी, तोडफोड, लुटपाट गरी भवन रहेको स्थानको जमिन वाहेक केही वाँकी नरहेको ।
२. उपसभापति श्री पूर्ण बहादुर खड्का – काठमाण्डौमा रहेको घर तोडफोड, सामाग्री वाहिर निकाली आगजनी, लुटपाट, घरका सिसा तथा फर्निचरहरु पूर्ण रुपमा ध्वस्त भएको
– सुर्खेतस्थित खड्का निवासमा आगजनी, तोडफोड, लुटपाट गरी पूर्ण रुपमा ध्वस्त गरेको भवन रहेको स्थानमा जग्गा वाहेक केही वाँकी नभएको ।
३. महामन्त्री गगनकुमार थापा
– काठमाण्डौको रातोपुलमा रहेको घर आगजनी तोडफोड, लुटपाट गरी पूर्ण रुपमा ध्वस्त गरेको एउटा गाडी र तीन वटा मोटरसाइकल पूर्ण रुपमा आगजनी गरी ध्वस्त गरेको
४. महामन्त्री विश्वप्रकाश शर्मा
– ललितपुरमा रहेको भाडाको घरमा तोडफोड गरी फर्निचर लगायतका सबै सामाग्रीहरु वाहिर निकालेर जलाएको । घरमा भएका सिसाहरु तोडफोड गरिएको ।
– झापा स्थित मेचीनगर नगरपालिकामा परिवार रहेको घरमा आगजनी, तोडफोड, लुटपाट गरी फर्निचर लगायतका सम्पूर्ण सामाग्री पूर्ण रुपमा ध्वस्त वनाएको ।
५. सहमहामन्त्री उमाकान्त चौधरी
– बारा जिल्लामा रहेको घर तोडफोड आगजनी, लुटपाट पुरै घर ध्वस्त भएको
६. सहमहामन्त्री महेन्द्र यादव
– धनुषामा भएको घर तोडफोड, आगजनी पुरै घर ध्वस्त भएको ।
७. सहमहामन्त्री वद्रीप्रसाद पाण्डे
– काठमाण्डौमा व्यक्तिगत घर नभएको, डेरा छोडिसकेको, भएको सरासामान मन्त्री क्वाटरमा सारेको, भएका सम्पूर्ण सामान आगजनी भएको, सवारी साधनमा एउटा स्कुटर र पल्सर मोटसाइकल २२० जलाएको ।
८. कोषाध्यक्ष उमेश श्रेष्ठ – चितवनमा भएको २ वटा घर पूर्ण रुपमा आगजनी, तोडफोड र लुटपाट भइ ध्वस्त भएको ।
९. पूर्व उपसभापति एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ
– कुलेश्वरमा भएको घरमा फर्निचर, सुनचाँदीका गरगहना, घरखर्च सहित सम्पूर्ण सामाग्रीहरु वाहिर निकालेर जलाएको । घर तोडफोड र लुटपाट गरेको ।
१०. पूर्व उपसभापति एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह
– ठमेल चाक्सीवारीमा रहेको गणेशमान सिंह निवास, आगजनी, तोडफोड, लुटपाट गरी ध्वस्त वनाएको । गणेशमान सिंह चढ्ने गाडी समेत जलाएको ।
११. पूर्व उपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधि
– धनुषामा भएको घरमा फर्निचर लगायतका सबै सामानहरुमा आगजनी, तोडफोड, लुटपाट गरी ध्वस्त वनाएको
– काठममाण्डौको मध्य वानेश्वरमा रहेको घरमा सबै फर्निचर लगायतका सामाग्रीहरु वाहिर निकाली आगजनी गरेको, घर तोडफोड तथा लुटपाट गरेको ।
१२. पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला
– काठमाण्डौ वुढानिलकण्ठ–७ मा रहेको नयाँ घरमाम आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त वनाएको, ३ वटा मोटरसाइकलमा आगजनी, प्रयोग गर्दै गरेको गाडी वाहिर रहेकोले सुरक्षित रहेको ।
१३. पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. शशांक कोइराला – टोखामा रहेको घर र घरभित्र भएका सरसामान फर्निचर सबै तोडफोड पछि आगजनी र लुटपाट प्रयोगमा रहेको गाडी वाहेक केही वाँकी नरहेको ।
१४. पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य डा. रामशरण महत
– पुरै घर जलेर ध्वस्त भएको, तोडफोड, लुटपाट पछि वाहिर पनि आगजनी भएको वाँकी केही छैन ।
१५. पूर्व सहमहामन्त्री अर्जुननरसिंह के.सी.
– नुवाकोटमा भएको घर पूर्ण रुपमाा नष्ट आगलागी, लुटपाट, तोडफोड, काठमाण्डौको घरमा तोडफोड गरेको ।
१६. पूर्व सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत
– टोखाका २ वटाा घर, गाडी २ वटा, मोटरसाइकल ४ वटा, केही वाँकी नराखी आगजनी, तोडफोड र लुटपाट गरेको, घर भएको ठाउँ खण्डहर वाहेक केही वाँकी नरहेको ।
१७. केन्द्रीय सदस्य डा. शेखर कोइराला
– विराटनगरमा रहेको महामानव विपी कोइरालाको निवास (कोइराला निवास) आगजनी, तोडफोड, लुटपाट गरी खण्डहर वनाएको, भवन भएको ठाउँमा जग्गा वाहेक केही वाँकी नरहेको, अन्तिममा निवासमा भएका गाई १ र वाच्छी १ समेत लुटपाट गरि लगेको ।
१८. केन्द्रीय सदस्य सञ्जय गौतम
– वर्दियामा रहेको घर पूर्ण रुपमा ध्वस्त, आगजनी र लुटपाट समेत गरेको ।
१९. केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल
– नवलपुरमा रहेको घरको सबै सामान वाहिर निकालेर आगजनी, तोडफोड र लुटपाट भएको
२०. केन्द्रीय सदस्य शंकर भण्डारी
– काठमाण्डौमा रहेको घर तोडफोड गरिएको । तनहुँमा रहेको घरमा तोडफाड, लुटपाट गरी आगजनी समेत गरी ध्वस्त वनाएको ।
२१. केन्द्रीय सदस्य दिपक गिरी
– काठमाण्डौको टोखामा रहेको घरमा तोडफोड र लुटपाट गरेको, दाङमा रहेको घरमा तोडफोड, लुटपाट र आगजनी गरेको ।
२२. केन्द्रीय सदस्य बालकृष्ण खाण
– काठमाण्डौ र रुपन्देही दुबै ठाउँमा रहेको घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सबै ध्वस्त भएको ।
२३. केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की – घरका सामान सहित २ वटा मोटरसाईकलमा आगजनी
२४. केन्द्रीय सदस्य मोहनबहादुर वस्नेत – काठमाण्डौमा भएको घरमा रहेको सवारी साधन सहित आगजनी तोडफोड र लुटपाट भएको ।
२५. २५. केन्द्रीय सदस्य रामजनम चौधरी ड्ड कैलाली टिकापुरमा रहेको घर तोडफोड र लुटपाट गरेको ।
२६. केन्द्रीय सदस्य डा. गोपाल दहित – वर्दियामा रहेको घर तोडफोड र लुटपाट गरेको ।
२७. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ – सम्पर्क कार्यालयमा तोडफोड गरेको ।
२८.
केन्द्रीय सदस्य अर्जुनप्रसाद जोेशी – पर्वतमा रहेको घरमा तोडफोड र लुटपाट गरेको ।
२९. केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना – धनुषामा रहेको घर तोडफोड, सम्पूर्ण फर्निचर लगायततका सामाग्रीमा आगजनी गरेको ।
३०. केन्द्रीय के.सी. राजेन्द्रकुमार के.सी. – सोल्टीमोडमा रहेको घर र चोभारको घरमा पूर्ण रुपमा आगलागी र लुटपाट ।
३१. केन्द्रीय सदस्य विनोद चौधरी
– सि.जि. लगायत एशिएन फुडका कारखाना तथा सो रुमहरु आगजनी तोडफोड र लुटपाट गरी ध्वस्त बनाएका, पूर्ण क्षतिको विवरण आउन वाँकी ।
३२. केन्द्रीय सदस्य गेहेन्द्र गिरी
– दाङमा रहेको घरमा तोडफोड, लुटपाट र आगजनी गरेको ।
३३. केन्द्रीय सदस्य राजिव ढुंगाना
– इटहरी स्थित घरमा तोडफोड गरी झ्यालका सिसाहरुमा क्षति पु¥याएको ।
३४. अनिल रुंगटा
– विरगंजमा भएको रुंगटा निवास (कम्पाउण्डभित्रका) सबै भवन आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त वनाएका, ३ वटा गाडी र ५ वटा मोटरसाइकल कम्पाउण्डभित्र सम्पूर्ण सामान ध्वस्त वनाएको ।
३५. बागमती प्रदेश सभापति इन्द्रबहादुर वानिया
– प्रदेश सम्पर्क कार्यालय भएको घर तथा उद्योगहरु आगजनी, तोडफोड, लुटपाट गरी ध्वस्त वनाएको, विस्तृत विवरण आउन वाँकी रहेको ।
३६ मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव – रौतहट पार्टी कार्यालय भएको घर, आगजनी, तोडफोड र लुटपाट गरेको ।
(ग) प्रदेश, जिल्ला तथा स्थानीय पार्टी कार्यालय र जिल्लाका नेताहरुको क्षति
कोशी प्रदेश
क्र.स. जिल्ला विवरण
१. ताप्लेजुङ
२ पाँचथर
३ इलाम
४ झापा – महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी तोडफोड, १ करोडको क्षति
– के.स. एवं पूर्व महामन्त्रत्री कृष्ण सिटौलाको घरमा आगजनी, ६० लाखको क्षति
– नेपाल कांग्रेस वुद्ध शान्ति गा.पा.को कार्यालयमा १५ लाखको क्षति
– खड्क प्रसाई महाधिवेशन प्रतिनिधिको घर सामान्य क्षति
– जिल्ला कार्यालय तोडफोड आगजनी १० लाखको क्षति
– अर्जुनधारा गापाको पार्टी कार्यालयमा ४ लाख क्षति
– क्षेत्र नं. १ को क्षेत्रीय कार्यालयमा तोडफोड आगजनी ८० लाख क्षति
– जिल्ला उपसभापति केशवराज पाण्डेको घरमा सामान्य क्षति
– कोशी प्रदेश सदस्य विमल आर्चायको घरमा सामान्य क्षति, प्रदेश सांसद गोपाल तामाङको घरमा आगजनी २० लाखको क्षति,
– क्षेत्रीय सभापति एवं भद्रपुर न.पा. का मेयरको घर तोडफो ५० लाखको क्षति
– जिल्ला सभापति देउकुमार थेवेको दुईटा सवारी साधन ध्वस्त, घरमा आगजनी लुटपाट करिव २ करोडको क्षति
– जिल्ला सदस्य लिला चिमरियाको घरमा क्षति ४५ लाखको क्षति
– आशा शर्मा शिवाकोटी कन्काइ नपाको उपमेयरको घरमा तोडफोड २० लाखको क्षति
– कन्काइ नगर कार्यसमितिको पार्टी कार्यालयको भवनमा क्षति ५ लाखको नोक्सान
– क्षेत्र नं. ५ को क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, रेगीना भट्टराई प्रसाइ, दमक न.पा. का उपमेयर र गौरादह वडा नं. २ को वडा अध्यक्ष गोपाल कोइरालाको घरमा सामान्य क्षति
– क्षेत्र न. ५ को पार्टी कार्यालयमा १० लाख वरावरको क्षति पु¥याएको ।
– कमल गापाको पार्टी कार्यालयमा १ लाखको क्षति पु¥याएको
५. संखुवासभा
६. तेह्रथुम
७. भोजपुर
८. धनकुटा
९. मोरङ – जिल्ला पार्टी कार्यालय–वी.पी.को स्ट्याचु–नोना कोइराला स्टाच्यु, काठको फर्निचर, साउण्ड वक्स, स्टील दराज, भेन्टीलेसन, सिसा लगायत विभिन्नकार्यालयका सामाग्री ७० लाख वरावरको क्षति ।
– क्षेत्र नं. १ को फर्निचर, महत्वपूर्ण कागजात फोडी कार्यालयमा आगलागी गरी ३ लाख वरावरको क्षति पु¥याएको ।
– क्षेत्र नं. ३ कार्यालय तोडफोड आगजनी महत्वपूर्ण कागजात जलाएको टेवल, कुर्सी, दराज लगायत कार्यालयका आवश्यक सामाग्री आगजनी गरेको ।
– क्षेत्र नं. ४ को कार्यालय तोडफोड आगजनी महत्वपूर्ण कागजात जलाएको टेवल कुर्सी, दराज लगायत कार्यालयका सामाग्री साथै ढोका, झ्यालको सिसा फुटाएको आगजनी गरेको
– उर्लावारी न.पा. कार्यालयको कुर्सी, टेवुल, दराज लगायत पार्टीका महत्वपूर्ण कागजात जलाएर नस्ट गरेको (३ देखि ४ लाखको नोक्सान)
– पथरीशनिश्चरे न.पा. नगर समिति लगायतत दश वटै वडा समितिको कार्यालयका फर्निचरका सामान लगायत महत्वपूर्ण कागजातहरु जलाएको
– वेलवारी न.पा. कार्यालयको फर्निचर सामान दराज कुर्सी लगायत महत्वपूर्ण कागजातहरु जलाएर नष्ट गरेको (८ लाखको क्षति)
– रतुवामाइ न.पा. कार्यालयको फर्निचर महत्वपूर्ण कागजात तथा सामाग्री जलाएर नष्ट गरेको
– जिल्ला उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरमा तोडफोड फर्निचरहरुको क्षति गरेको
– सुन्दर हरैचा पूर्व मेयर तथा कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालको घरका सामाग्री, टिभी, पंखा फर्निचर वाहिर निकाली आगजनी गरेको ।
१०. सुनसरी – नेपाली कांग्रेस सुनसरी जिल्ला पार्टी कार्यालय जलाएर सम्पूर्ण कागजात, फर्निचर र शिखरपुरुष गिरीजा प्रसाद कोईरालाको शालिक तोडफो गरि ध्वस्त पारिएको
– जिल्ला सभापति एवं ईनरुवा नपा का मेयर श्री केदार भण्डारीको र भाई श्री अच्यूत भण्डारीको नीजि निवास जलाएर सवै ध्यवस्त पारिएको
– नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाको धरान उपमहानगरपालिका वडा नं १५ स्थित निवासमा आगजनी, तोडफोड र लुटपाट करिव ९ लाख वरावरको क्षति
– सुनसरी क्षेत्र नं १ का सभापतिको धरान १५ स्थित निवासमा आगजनी, तोडफोड र लुटपाट करिव २४ लाख वरावरको क्षति
– धरान उपमहानगर कार्यसमितिको कार्यालय भवनमा तोडफोड सहित सरसमानमा आगजनी करिव २१ लख वरावरको क्षति
– इटहरी उपमहनगरपालिका समितिको भवनमा सम्पूर्ण सरसम्मान वाहिर ल्याएर आगजनी
– रामधुनी नगर समितिको कार्यालयको सरसामान वाहिर ल्याएर आगजनी
– वर्जु गाउँ कार्यसमितिको अफिसियल सरसामान वाहिर ल्याएर आगजनी
– क्षेत्र नं. ४ को पार्टी कार्यालयको भवनमा तोडफोड करिव
– नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का क्षेत्रीय सभापति श्री अयूव अन्सारीको इनरुवा स्थित घरमा तोडफोड र आगजनी गरी ध्वस्त पारिएको
– इनरुवा नपा वडा नं ९ वीपीचौक स्थित वीपीको सालिक तोडफोड
– इनरुवा वडा नं ६ का वडाध्यक्ष श्री सुमन थापाको नीजि निवास तोडफोड र आगजनी
– इटहरी उप मनपाका मेयर श्री हेमकर्ण पौडेलको नीजि निवासमा तोडफोड र आगजनी गरी ध्वस्त पारिएको ।
११. सोलुखुम्वु
१२. खोटाङ
१३. ओखलढुंगा
१४. उदयपुर – जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी ध्वस्त वनाएको
– क्षेत्रीय सभापति वसन्तकुमार वस्नेतको घरमा क्षति, धनसम्पती, सुनचाँदी लुटेको, र महाधिवेशन प्रतिनिधि सुशान्त कोइरालाको घरमा क्षति
मधेश प्रदेश
१५. सप्तरी – जिल्ला पार्टी कार्यालयमा आगजनीले ध्वस्त
१६. सिरहा –
१७. धनुषा – जिल्ला पार्टी कार्यालय आगजनीले ध्वस्त
१८. महोत्तरी
१९ सर्लाही – जिल्ला पार्टी कार्र्यालयमा तोडफोड, सामान्य क्षति
२०. रौतहट – जिल्ला पार्टी कार्यालयमा आगजनीले ध्वस्त
२१. बारा – जिल्ला पार्टी कार्यालय तोडफोड गरेको, सामान वाहिर निकालेर कम्पाउण्डमा आगजनी गरेको
२२. पर्सा – जिल्ला पार्टी कार्यालय तोडफोड गरी आगजनी गरेको,
बागमती प्रदेश
२३. दोलखा
२४. रामेछाप – जिल्ला सभापतिको काठमाण्डौ रहेको घरबाट सामान वाहिर निकाली जलाएको, सामान लुटपा गरेको, २ वटा गाडी जलाएको
२५. सिन्धुली – जिल्ला पार्टी कार्यालय तोडफोड आगजनी, पुरै सामाग्री ध्वस्त
– जिल्ला सभापति उपेन्द्र पोखरेलको घरमा तोडफोड, आगजनी
– प्रदेश सांसद छत्र बमजनको घरमा तोडफोड आगजनी
– जिल्ला सचिव इश्वर वस्नेतको घरमा रहेको स्वास्थ्य चौकीमा तोडफोड
२६. रसुवा
२७. धादिङ
२८. नुवाकोट – पार्टी अफिसमा तोडफोड आगजनी, ध्वस्त भएको
– के.स. अर्जुननरसिंह के.सी.को घरमा आगजनी गरेको ।
२९ सिन्धुपाल्चोक
३०. काभ्रे – जिल्ला पार्टी अफिस आगलागीले पुरै ध्वस्त, सामान सबै जलेको ।
– केन्द्रीय सदस्य शिव हुमागाईको घरमा तोडफोड, गाडी र मोटर साइकल जलाएको ।
– पनौति न.पा. का प्रमुख रामशरण भण्डारीको घरमा आगजनी, सबै जलेको ।
३१. चितवन – जिल्ला पार्टी कार्यालय तोडफोड गरी, कम्प्युटर, ल्यापटप, नगद सहित क्रियाशील सदस्यको विवरण समेत वाहिर निकाली जलाएको ।
– भरतपुर म.न.पा. वडा नं. १ र २ को पार्टी कार्यालयमा आगजनी
– केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको घरमा आगजनी गरी ध्वस्त वनाएको
– उपप्रमुख चित्रसेन अधिकारी, खैरहनी न.पा.का सभापति शशी खनिया, राप्ती न.पा. उपप्रमुख देवेन्द्र लामा र गुणराज श्रेष्ठको घरमा तोडफोड र आगजनी,
– जिल्ला सभापति राजेश्वर खनाल र सचिव ध्रुव पोखरेललाई थ्रेट दिएकोले अहिले वाहिर वस्नु भएको ।
३२. मकवानपुर – जिल्ला पार्टी कार्यालयको सामान वाहिर निकालेर जलाएको, आफैले सुरक्षा दिएकोले थप क्षति हुन नपाएको जिल्ला सचिव इश्वर पाठकले जानकारी दिनु भएको ।
३३. भक्तपुर – प्रतिनिधि सभा क्षेत्र नं. १ को पार्टी कार्यालय तोडफोड
३४. ललितपुर – जिल्ला पार्टी कार्यालय तोडफोड गरेको,
– वाडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराई आश्रम पूर्ण रुपमा ध्वस्त गरिएको ।
– वागमति प्रदेशको सम्पर्क कार्यालय रहेको प्रदेश उपसभापति श्री चन्द्र महर्जनको नीजि निवास तोडफोड
३५. काठमाण्डौ – जिल्ला पार्टी अफिस तोडफोड, सामान्य क्षति, अरु विवरण टिपेर पठाउने जिल्ला सचिवद्वारा जानकारी
– कागेश्वरी मनहरा वडा नं. १ को कार्यालय तोडफोड गरी आगजनी गरेको
– पूर्व उपसभापति एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहको घरमा तोडफोड, लुटपाट गरी आगजनी समेत गरेको, पूर्ण रुपमा ध्वस्त भएको ।
– महामन्त्री गगनकुमार थापाको घरमा तोडफोड, लुटपाट गरी आगजनी समेत गरेको, एउटा गाडी र तीन वटा मोटरसाईल जलाएको
– के.स. राजेन्द्र के.सी.को चोभारको घर पूर्ण रुपमा क्षति, सोल्टीमोडको घरमा पनि पूर्ण क्षति पु¥याएको ।
– मोहनबहादुर वस्नेत नागार्जुन नपा प्रमुखको नागार्जुन नपामा रहेको घर तोडफोड, लुटपाट र आगजनीले पूर्ण रुपमा ध्वस्त वनाएको
गण्डकी प्रदेश
३६. गोरखा
३७. लमजुङ
३८. तनहुँ – जिल्ला पार्टी कार्यालयमा सामान्य तोडफोड
– पार्टीका दस्तावेजहरु सुरक्षित रहेका छन ।
– व्यास र शुक्लागण्डकीको मेयर लगायतत अन्य नेताको घरमा आगलागी ।
३९. कास्की – जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी,
– यज्ञवहादुर थापाको घरमा सामान्य तोडफोड र आगजनी
– विन्दु थापाका घर र होटलहरुमा आगजनी, सबै नष्ट
– विपीको शालिक पनि ढालेको ।
४०. मनाङ
४१. मुस्ताङ
४२. पर्वत ड्ड जिल्ला पार्टी कार्यालय पूर्ण रुपमा तोडफोड र आगजनी
– अमृत जोशीको शालिक भत्काएको ।
४३. स्याङ्जा – जिल्ला पार्टी कार्यालयमा डुंगा मुडा प्रहार, पार्टीका सबै डकुमेण्ट सुरक्षित रहेको, पालिकाका कार्यालयहरु पनि सबै सुरक्षित रहेको ।
४४. म्याग्दी – जिल्ला पार्टी कार्यालय तोडफोड, सामान वाहिर लेराएर आगजनी गरेको ।
४५. बागलुङ – जिल्ला कार्यालय भाडामा भएको हुँदा सामान, कागजपत्र वाहिर निकालेर आगलागी गराएको, केही वडा कार्यालयहरुमा क्षति पुर्याएको,
– वागलुङ न.पा. प्रमुख वसन्त श्रेष्ठको घरमा डुंगामुडा प्रहार
– सचिव हरिहर शर्मालाई टार्गेटमा परेको ।
४६. नवलपुर – जिल्ला पार्टी कार्यालयमा आगजनी, तोडफोड, कार्यालयका कागजपत्रहरु नष्ट
– कावासोती, गैडाकोट र देवचुली पालिकाका पार्टीका कार्यालयहरु तोडफोड गरेको
– के.स. कृष्ण चन्द्र नेपाली पाखरेलको घरका सामान वाहिर निकाली जलाएको, जिल्ला सभापति महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्टचन, ओमकला गौतम, लक्ष्मी पाण्डेको घरमा तोडफोड आगजनी, मदनभक्त र वद्री सापकोटाको गाडी जलाएको ।
लुम्विनी प्रदेश
४७. नवलपरासी – जिल्ला पार्टी कार्यालयमा आगजनी, सबै सामान जलेर नष्ट (२० लाखको क्षति)
– के.स. विनोदकुमार चौधरीको सचिवालय आगलागीले ध्वस्त
– विक्रम खनालको घरमा आगजनी पुरै ध्वस्त, ७ तोला सुन लुटेको, (५० लाखको क्षति)
– प्रदेश सांसद विश्वप्रेम पाठकको घर तोडफोड, सामान सबै जलेको (१५÷२० लाखको क्षति)
– देवकरणप्रसाद कलवारको घर ध्वस्त, ३० लाखको क्षति
– पार्टी सचिव उमेश यादवको २ वटा घर ध्वस्त, ५०÷६० लाखको क्षति
– शम्भुलाल श्रेष्ठको १६ तोला सुन लुटेको, पार्टी प्यालेस ध्वस्त, ५०÷६० लाखको क्षति
– प्रतापपुरको उपप्रमुख मनकुमारी चौधरीको घरको सामान निकालेर जलाएको
– सुस्ता प्रमुख टेकनारायण उपाध्यायको गाडी सहित घर ध्वस्त
– क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय र प्रदेश २(ख) को कार्यालय रहेको वैजनाथ जयसवाल घरमा तोडफोड
– सुनवल नगर कार्यसमितिको कार्यालय तोडफोड, सवे सामान जलाएको
४८. रुपन्देही – जिल्ला पार्टी कार्यालयमा आगजनी, कार्यालयमा रहेको सम्पूर्ण सामान नष्ट (१ करोड ५० लाख क्षति)
– क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय र वुटवल नगर कार्यसमितिको कार्यालय जलेर नष्ट (३४ लाख वरावरको क्षति)
– सैनामैना नगरकार्यसमितिको कार्यालय क्षेत्र नं. ५ रुपन्देही कार्यालयको माथिल्लो तलामा तोडफोड आगजनी (८ लाख वरावरको क्षति)
– नेपाली कांग्रेस तिलोत्तमा नगर कार्यसमितिको कार्यालय तोडफोड आगजनी सामान नष्ट (६ लाखको क्षति)
– शुद्धोधन गा.पा. पार्टी कार्यालय तोडफोड, सामान जलाएर नष्ट पारिएको –चार लाख वरावरको क्षति)
– तिलोत्तमा न.पा. वडा नं. २ को कार्यालयमा आगजनी रु. २० लाखको क्षति
– वुटवल उपमहानगरपालिका वडा नं. ११ को दुइ तले भवन जलेर नष्ट, (३४ लाख वरावरको क्षति)
– वुटवल उपमहानगरपालिका वडा नं. १४ को कार्यालय तोडफोड आगजनी, १ करोड वरावरको क्षति
– वुटवल उपमहानगरपालिका वडा नं. १५ को कार्यालय तोडफोल सामान वाहिर ल्याएर जलाएको, ५ लाखको क्षति
– विपी कोइराला अध्ययन प्रतिष्ठान पुस्तकालय भवन सहित २ तले घर पूर्ण नष्ट भएको ४ करोडको क्षति
– केन्द्रीय सदस्य वालकृष्ण खाँणको ३ वटा घरमा आगजनी गरी पूर्ण रुपमा ध्वस्त वनाएको ( २ करोड वरावरको क्षति)
– वालकृष्ण खाणको भाई श्यामकृष्ण खाणको ३ वटा घरमा आगजनी गरी पूर्ण रुपमा ध्वस्त वनाएको । (२ करोड ५० लाख वरावरको क्षति)
– जिल्ला सभापति रामकृष्ण खाणको घरमा आगजनी गरी ध्वस्त वनाएको (५० लाख वरावरको क्षति)
– महाधिवेशन प्रतिनिधि एवं सैनामैना प्रमुख फणेन्द्रप्रसाद शर्माको घरमा ३ पटक आक्रमण गरी आगजनी गरी ध्वस्त वनाएको (२ करोडको क्षति)
– महासमिति सदस्य एवं सिद्धार्थ नगर प्रमुख इस्तायक अहमदको घरमा आगजनी, सामान जलेर नष्ट (५० लाख वरावरको क्षति)
– जिल्ला सदस्य एवं कंचन गापा अध्यक्ष नवराज ढकालको घरमा आगजनी सहित तोडफोड २५ लाख वरावरको क्षति
४९. कपिलवस्तु – जिल्ला पार्टी कार्यालयमा आगजनी, सामान तोडफोड
– सुरेन्द्रराज आचार्यको घर तोडफोड, सामानहरु लगेका
– केशवकुमार श्रेष्ठ वुद्धभूमि न.पा. प्रमुखको घर तोडफोड
५०. पाल्पा – जिल्ला पार्टी कार्यालय तोडफोड
५१. अर्घाखाँची – जिल्ला पार्टी कार्यालय आगलागीले ध्वस्त
५२. गुल्मी – जिल्ला पार्टी कार्यालयमा आगजनी, अन्य ठाउँमा क्षति नभएको
५३. रुकुम पूर्व)
५४. रोल्पा
५५. प्युठान – जिल्ला पार्टी कार्यालयमा आगजनी सहित तोडफोड
५६. दाङ – पार्टी कार्यालयमा तोडफोड गरी सामान वाहिर ल्यााएर जलाएको,
– प्रदेश २ (ख) र घोराही न.पा. वडा नं. १० को कार्यालय एकै ठाउँमा रहेको, सामान वाहिर ल्याएर जलाएको, तुल्सीपुर न.पा. को पार्टी कार्यालय र क्षेत्रीय पार्टी कार्यालय एकै ठाउँमा रहेको : आगजनी गरेको
– क्षेत्र नं. १ को लमहीमा रहेको पार्टी कार्यालय आँधी जलेको,
– के.स. गेहेन्द्र गिरीको घरमा आगजनी
– घोराही वडा नं. १३ का अध्यक्ष डुल्लुराम पोखरलेलको घरमा आगजनी,
– के.स. दिपक गिरीको घरमा तोडफोड गरेको,
– पूर्व मुख्यमन्त्री डिल्लीराम चौधरीको घरमा आगजनी
– प्रदेश सांसद राजु खनालको घरमा तोडफोड गरी सामान वाहिर ल्याएर जलाएको ।
५७. बाँके ड्ड जिल्ला कार्यालयमा आगजनी पुरै ध्वस्त
– क्षेत्र नं. १ को पार्टी कार्यालय तोडफोड
– कोहलपुर न.पा.को पार्टी कार्यालय तोडफोड
– कोहलपुर न.पा. प्रमुख पूर्ण आचार्यको घरमा आगजनी, उपमेयर संगिता सुवेदी, पूर्व क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला सदस्य लालबहादुर रानाको घरमा तोडफोड
– क्षेत्रीय प्रतिनिधि विनोद न्यौपाने र शालिकराम सुवेदीको पसल (स्टोर/स्टेशनरी) तोडफोड
– विपी चोकको विपी शालिक पूर्ण ध्वस्त, गणेशमानको शालिक तोडफोड गरेको ।
५८. बर्दिया – जिल्ला पार्टी कार्यालय आगजनीले पुरै ध्वस्त, अन्य तहमा केही नभएको
– केन्द्रीय सदस्य सञ्जय गौतमको घरबाट सामान निकाली आगजनी गरेको ।
कर्णाली प्रदेश
५९. रुकुम पश्चिम – राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मात्र जलाएको, अरु सबै सुरक्षित रहेको ।
६०. सल्यान
६१. डोल्पा – पार्टी कार्यालयको ढोकामा आगजनी, १०० वटा जति कुर्चि तोडफोड
– त्रिपुरासुन्दरी न.पा.को नगर पार्टी कार्यालयमा झण्डा र वोर्ड फाल्ने कार्यसहित सामान्य किसिमको क्षतित भएको
६२. जुम्ला – जिल्ला पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको, केही वाँकी नरहेको ।
६३. मुगु – जिल्ला पार्टी कार्यालय तोडफोड भएको, फर्निचर र कागजपत्र आगजनी भएको । भवन सुरक्षित रहेको । (७ लाख वरावरको क्षति भएको)
६४. हुम्ला
६५. कालिकोट – पार्टी जिल्ला कार्यालयमा झण्डा र वोर्ड फालेर आगो लगाउन थालेपछि प्रतिकार गरी थप क्षति हुन नदिएको ।
६६. जाजरकोट
६७. दैलेख
६८. सुर्खेत – जिल्ला पार्टी कार्यालय पूर्ण रुपमा तोडफोड र आगजनी भएको ।
– उपसभापति पूर्णबहाादुर खड्का र उहाँका भाइहरुको चार वटा घर सहित सवारी साधनहरु जलाइएको
– मेयर, उपमेयरको घरमा आगजनी भएको ।
सुदूरपश्चिम प्रदेश
६९. बाजुरा
७०. बझाङ
७१. डोटी – पार्टी कार्यालयमा आगजनी, मिटिङ हल र अन्य सामाग्री ध्वस्त,
– जिल्ला समन्वय समिति प्रमुख दुर्गा वोहराको घर र कारखानामा आगलागी
७२. अछाम – पार्टी कार्यालयमा तोडफोड गरेको
७३. दार्चुला – पार्टी कार्यालयमा तोडफोड गरी सामानमा क्षति पु¥याएको । क्षतिको विवरण पार्टीको मेलमा पठाइसकेको । अन्य क्षति जिल्लामा नभएको ।
७४. बैतडी
७५. डडेल्धुरा – पार्टी कार्यालयको घर भाडामा रहेकोले सम्पूर्ण सामाग्री वाहिर निकालेर आगजनी गरेको ।
– पार्टी सभापति शेरबहादुर देउवा र महिला नेतृ सरस्वती खड्काको घरमा आगजनी
७६. कञ्चनपुर – जिल्ला पार्टी कार्यालय, दोधारा चादनी नगरसमितिको कार्यालय,
– के.स. रमेश लेखको घर वजारको रहेको २ वटा घर र गाउँको घर जलेर पुरै नष्ट
– पूर्व पार्टी सभाापति वहादुर सिंह थापाको घर, यज्ञराज जोशीको घर (वाइक १ थान), आगजनी
– जिल्ला पार्टी सभापति एवं मेयर पदम वोगटीको घर, उपमेयर निलम लेखक जोशीको घर, जिल्ला पार्टी सचिव एवं मेयर हेमराज ओझाको घर, प्रदेश सासंद एवं महिला संघ जिल्ला सभापति मधु भारतीको घरमा आगजनी
– पूर्व जिल्ला सचिव भोजराज वोहराको वजारको घरको सामान निकाली लुटपाट र सामानमा आगजनी
७७. कैलाली ड्ड जिल्लाको पार्टी कार्यालय र क्षेत्र नं. १ र २ को पार्टी कार्यालयमा पुरै आगजनी,
– गोदावरी न.पा.को मेयरको घर
– विरेन्द्र भट्टको घर, क्षेत्र नं. ४ को क्षेत्रीय सभापति ललित रोकायको घर, कैलारी गापा अध्यक्ष राजसमझ चौधरीको घर र पालिका उपाध्यक्ष भगवती चौधरीको घरमा आगजनी पुरै तोडफोड,
– क्षति पुर्याइएको जिल्ला कार्यालयः ४८
– क्षति पुर्याइएको जिल्ला तथा स्थानीय नेताहरुको निवासः ९५
– अनुमानित रकमः आउन वाँकी
अन्त्यमा, जलेका पार्टी कार्यालयहरु, दुखेका मनहरुलाई सम्हाल्दै पार्टीमा बृहत्तर एकता र गहिरो आत्मियता विकास गरी पार्टीलाई थप गतिशील वनाउँदै देश र जनताको हितमा क्रियाशील राख्न सवै साथीहरुको योगदान अपरिहार्य रहेको कुरा स्मरण गराइन्छ । जयनेपाल ।
मीन विश्वकर्मा
प्रमुख, सूचना, संचार तथा प्रचार विभाग
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया