सभापति देउवाप्रति महामन्त्रीद्वय थापा र शर्माले मानवीय समवेदना पनि देखाएनन्
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हत्या प्रयास भएका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको कुरा राखेर उत्पात मच्चाइरहेका छन् ।
जेनजी आन्दोलनको बहानामा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा २० जना पदाधिकारी र पूर्वपदाधिकारीहरूले धारणा राखेका थिए । २० जनामा १८ जनाले कांग्रेसका सभापति शेरबहादुर देउवामाथि सांघातिक हमला भएर अस्पतालमा उपचाररत रहेका बेला नेतृत्व परिवर्तन वा हटाउने भन्ने कुरा सोँच्न पनि नसकिने बताएका छन् ।
स्रोतका अनुसार महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवा गम्भीर घाइते भइ उपचाररत रहेका बेला सभापति पदबाट ‘कु’ गरेर हटाउन खोजेको भन्दै नेताहरूले विरोध गरेका छन् । घाइते अवस्थामा रहेका सभापति देउवालाई ‘कु’ गरेर हटाएर कुन मुख लिएर निर्वाचनमा जाने हो ? भनेर नेताहरूले प्रश्न उठाएका छन् ।
सभापति देउवाले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार नबन्ने यसअघि नै घोषणा गरिसकेका छन् । तर, महामन्त्रीद्वय थापा र शर्मालाई अहिले नै कांग्रेसको नेतृत्व चाहिएको छ । उनीहरूले सभापति र प्रधानमन्त्री बन्न ¥याल चुहाएर बसेका छन् ।
कांग्रेसको नेतृत्व लिने नै हो भने विधि र पद्धति रहन्छ । विधि र पद्धतिबाट नेतृत्व लिन महामन्त्रीद्वय थापा र शर्मालाई कसैले पनि रोकेका छैन । अपराधिक समूहले घरभित्र प्रवेश गरेर हत्या गर्ने प्रयासबाट सांघातिक आक्रमण भइ अस्पतालमा उपचाररत रहेका बेला महामन्त्रीद्वय थापा र शर्माले मानवीय समवेदना समेत नदेखाइ देउवालाई सभापति पदबाट हटाउन खोजेपछि कांग्रेसभित्रै बिरोध भइरहेको छ ।
महामन्त्रीद्वय थापा र शर्माले आफू निकटका केही सञ्चारमाध्यममा सभापति देउवाविरुद्ध समाचार लेखाइरहेका छन् । उनीहरूयो यो अभियानलाई केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि साथ दिइहेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका बेला एउटा पनि राम्रो काम गर्न नसकेका पौडेलले आफ्नो औकात देखाइरहेका छन् ।
शुक्रबारको बैठकमा उपसभापति धनराज गुरूङ्ग, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.शेखर कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना र आमन्त्रित केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा राखेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले यसअघि विज्ञप्ति जारी गर्दा सभापति देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको स्वास्थ्य लाभको कामना गर्न समेत गरेका छैनन् । उनीहरूका विज्ञप्तिमा कांग्रेसको नेतृत्व परिवर्तनको मात्रै कुरा छ । सांघातिक आक्रणबाट घाइते भएका देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना गरिएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया