सभापति देउवाको निजी निवासमा प्रवेश गरेर भौतिक आक्रमण हुन अमानवीय र बर्बरतापूर्ण : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको भौतिक आक्रमणलाई अमानवीय र बर्र्बरतापूर्ण भनेर निन्दा गरेको छ ।
शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको निजी निवासमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाको भर्त्सना गरेको छ ।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रका लागि आजसम्म अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्र्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली कांग्रेस कडा शव्दमा निन्दा र भर्त्सना गर्दछ । साथै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको नाममा केही उत्तेजित समूह सभापति देउवाको निजी निवासमा प्रवेश गरी हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट सभापति देउवा र उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस नेतृ डा.राणा गम्भीर घाइते भएका छन् । उनीहरूको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया