राष्ट्रपतिसँग नागरिक अगुवाहरूद्वारा भेट, प्रतिशोध साँध्ने कार्य भयो भने अनावश्यक तनाव सिर्जना हुने चेतावनी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नागरिक समाजका अगुवाहरूले भेट गरेर ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार शीतल निवासमा राष्ट्रपति पौडेलले भेटेर ज्ञापन पत्र समेत बुझाएका हुन् । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारले दलहरूसँग अनावश्यक प्रतिशोध साँध्न नहुने सुझाव दिएका छन् । प्रतिशोध साँध्ने कार्य भयो भने अनावश्यक तनाव सिर्जना हुने नागरिक समाजका अगुवाहरूले बताएका छन् ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताएका छन् । नागरिक समाजका अगुवाहरूले छ महिनाभित्र चुनाव गर्न वातावरण बनाउनुपर्ने सुझाव दिएका छन् ।
चुनावी अन्तरिम सरकारबाट अनावश्यक अध्यादेशहरू आउन सक्छने भन्दै नागरिक समाजका अगुवाहरूले त्यसमा सचेत रहनका लागि राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका छन् ।
आन्दोलनकारीहरूको मागअनुसार सुशीला कार्की प्रधानमन्त्री बनिसकेकाले अब सरकारले जेनजी आन्दोलनकारी, दलहरू र नागरिक समाजसँग समन्व्यात्मक ढंगले काम गर्न सक्नु पर्ने सुझाव नागरिक समाजको रहेको छ ।
नागरिक समाजका अगुवाहरूले राजनीतिक दलहरूलाई पनि अहिलेको सच्चाइलाई बोध गर्दै शान्तिपूर्ण राजनीतिक संक्रमणमार्फत् लोकतन्त्रलाई सुदृढ गर्न र युवाहरूका न्यायोचित आकांक्षा पूरा गर्न संवेदनशील हुँदै प्रतिनिधिसभाको चुनाव सफल बनाउन अनुरोध गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेलले पुगेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया