सभापति देउवाको विकल्प खोज्ने बेला भएको छैन, अहिले एक भएर जाने हो : उपसभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको विकल्प तत्काल खोजिनुपर्नेमा असहमत जनाएका छन् ।
बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै उपसभापति खड्काले कसैको विकल्प खोज्नुभन्दा पनि अहिले सबै एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘अहिले पार्टीलाई फेरि उठाउनु छ । एकताको बलमा हामी फेरि उठ्छौँ, हामी त्यो सक्छौँ । नेपाली कांग्रेसको इतिहासले भन्छ, अरू पार्टीको पनि आआफ्नो ईतिहाँस होला ।’
उपसभापति खड्काले भने, ‘जनताले प्राप्त गरेको अधिकार, संविधानको रक्षासँग जोडिएर आउने जिम्मेवारी यी सबै कुरालाई ध्यानमा राखेर एकताबद्ध हुन्छौँ, एकताबद्ध भएर हामी फेरि हामी नयाँ तरिकाले उठाउँछौँ ।’
खड्काले त्यसका लागि सिंगो पार्टीका सबै नेताहरू छलफलमा रहेको बताए । बिस्तारै आफूहरू छलफललाई अगाडि बढाइरहेको उनले बताएका छन् ।
‘हतारिएर हामी कुनै निर्णयमा पुग्दैनौँ, जिम्मेवार पार्टी, पुरानो पार्टी, लोकतन्त्रका सबै आन्दोलनको नेतृत्व गरेको पार्टीका हामी विभिन्न पुस्ताका छौं,’ उनले भने, ‘यसैले हामी सबै मिलेर विवेकपूर्ण, एकताबद्ध तरिकाले, यसमा कसैलाई छुट्टाएको छैन, सबैमाथि आक्रमण भएको छ ।’
उपसभापति खड्काले छलफलबाट मूलतः एकता, आत्मीयतालाई ख्यालमा राखेर नयाँ र सिर्जनशील तरिकाले सबै पुस्ताका नेता एकठाउँमा उभिएर पार्टीलाई उठाउनुपर्ने बताए ।
‘यसका लागि हामी गम्भीर्यतापूर्वक छलफल गरिरहेका छौं । केही समयभित्रै सभापतिसँग छलफल परामर्श गर्दैछौं,’ खड्काले भने, ‘बिस्तारै उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, त्यसपछि हामी थप कुराहरू बोल्छौँ ।’
सभापति देउवालाई जेनजी आन्दोलनको बहानामा केही अराजक, उत्तेजक समूहले निवासभित्र प्रवेश गरेर हिंसात्मक आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । आक्रमणबाट देउवाकी पत्नी समेत रहेकी नेतृ डा.आरजु राणा गम्भीर घाइते भएकी छिन् ।
आक्रमणबाट गम्भीर घाइते भइ अस्पतालमा उपचार गराइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाको राजीनामा माग गरेका छन् । सभापति देउवा र नेतृ डा.राणाविरुद्ध मिडियाबाजी गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया