नेता सिटौलासँग तरुण अध्यक्ष गुरुङद्वारा भेट, कांग्रेसका नेताहरूको हत्या होला, लोकतन्त्र मर्दैन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग भेट गरेर जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरूमाथि भएको हिंसात्मक आक्रमण, तोडफोड र आगजनीका विषयमा छलफल गरेका छन् ।
बुधबार काठमाडौंस्थित नेता सिटौलाको भौतिक क्षति भएको घरको अवलोकन गर्ने क्रममा तरुण अध्यक्ष गुरुङलाई सिटौलाले लोकतन्त्रको रक्षाका लागि तरुणहरूलाई सडकमा आउन निर्देशन दिएका छन् । सिटौलाले तरुणहरूलाई लोकतन्त्रको पक्षमा उभिन, संविधानको रक्षा र पुनर्निमाणमा लाग्न निर्देशन दिएका छन् ।
सिटौलाले भने, नेताहरूको घर जल्यो होला, तोडफोड भयो होल, सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि सांघातिक आक्रमण भयो होला । कांग्रेस डराउँदैन लोकतन्त्रका लागि अडिग छ ।’
सभापति देउवाको निवासमा आगो लगाएर लुटपाट भएको छ । कांग्रेसका अन्य नेताहरूको घरमा पनि लुटपाट, तोडफोड र आगजनी भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया