प्रधानमन्त्री कार्की र राजदूत श्रीवास्तवबीच भेट, नेपालको समृद्धिमा भारतले सहयोग गर्ने

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

मंगलवार सिंहदरबारमा प्रधानमन्त्री कार्की र राजदूत श्रीवास्तवबीच भेट भएको हो । भेटमा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता राजदूत श्रीवास्तवले जनाएका छन् ।

राजदूत श्रीवास्तवले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्कीलाई बताएका छन् ।

Published : Tuesday, 2025 September 16, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया