ओली सरकारलाई झट्का दिने अन्तरिम सरकारको निर्णय
काठमाडौं । अन्तरिम सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले जेनजी शहीदहरूको सम्झनामा असोज १ गते शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूलाई बताएका छन् ।
मृतकका परिवारलाई १५ लाख रुपियाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय भएको अर्यालले बताए । मृत्यु भएकाहरूको सम्मानमा जेन–जी स्मारकसमेत बनाइने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
गृहमन्त्री अर्यालले भने, ‘मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय भएको छ । घाइतेहरूको निःशुल्क उपचार गरिनेछ । शव लैजानका लागि निःशुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने निर्णय भएको छ ।’
केपी ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया