सिंहदरबार जल्दै गर्दा र रवि फरार भएकै बेला दाई हरिशरणद्वारा रेडियो नेपाल कब्जा

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको मुद्दामा पुर्पक्षका लागि नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका दाई हरिशरण लामिछानेले रेडियो नेपाललाई कब्जामा लिएका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते अपरान्ह साढे ५ बजेतिर हरिशरणले रेडियो नेपाल कब्जामा लिएर जथाभावी बोलेको रेडियो नेपालका कर्मचारीहरूले बताएका छन् । रेडियो नेपालमा बोल्ने क्रममा हरिशणले जेनजी आन्दोलनकारीलाई झन् उत्तेजित बनाउने गरेर अभिव्यक्ति दिएको आरोप लागेको छ ।

हरिशण ३० वर्ष रेडियो नेपालमा जागिर गरेर सबै सुविधा लिएर रिटार्यड भएका पूर्वकर्मचारी हुन् । सरकारी स्वामित्वको रेडियो नेपालमा कर्मचारीले बोहेक बाहिरी व्यक्तिले अनधिकृत रुपमा बोल्न पाउँदैनन् । की रेडियोको प्रस्तोताले पाहुनाका रुपमा बोलाएर कुराकानी वा अन्तर्वार्ता गर्न पाइन्छ ।

जेनजीको समूहले सिंहदरबारभित्र प्रवेश गरेर जलाउँदै गरेका बेला हरिशणले करीव २० मिनट रेडियो नेपाललाई कब्जामा लिएर बोलेको कर्मचारीहरूले सार्वजनिक प्रशारण संस्थाका अध्यक्ष महेन्द्र विष्टसँग उजुरी गरिसकेका छन् । हरिशरणलाई कानून बमोजिम कारबाही गर्ने अध्यक्ष विष्टले आश्वासन दिएको रेडियो नेपालका एक कर्मचारीले बताएका छन् ।

हरिशरणले रेडियो नेपाल कब्जा गरेकै दिन उनका भाइ रास्वपाका सभापति रवि लामिछाने नख्खु जेलबाट नक्कली पत्र बनाएर फरार भएका थिए । दाई हरिशरणले रेडियो नेपाल कब्जा गरेर जेनजी आन्दोलनकारीलाई उत्तेजित बनाइरहेका थिए । उता, रवि लामिछाने जेलबाट फरार भएका थिए ।


Published : Monday, 2025 September 15, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया