पार्टी सभापति देउवा र उनी पत्नीमाथि भएको कुटपिटको डा.शेखर कोइरालाद्वारा कडा शब्दमा निन्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा समेतमाथि भएको हातपात र लुटपाटको जघन्य अपराधलाई जति निन्दा गरे पनि कम हुने बताएका छन् ।
शनिबार बिहान नेता डा.कोइरालाले प्रेस विज्ञप्ति जारी गरेर सभापति देउवा घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई जघन्य अपराध भनेर निन्दा एवम् भर्त्ना गरेका हुन् । उनले लोकतान्त्रिक आन्दोलनमा सभापति शेरबहादुर देउवाको अतुलनीय त्याग र संघर्ष रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।’
नेता डा.कोइरालाले भने, ‘भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।’
उनले भने, ‘हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपथ्र्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरू कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ ।’
‘यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरूबाट हामी शिक्षा लिन सक्छौं,’ नेता डा.कोइरालाले भने, ‘हाम्रा अग्रजहरू वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरूले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’
डा.कोइरालाले भने, ‘मुलुकभित्र उत्पन्न राजनीतिक परिस्थितिबारे हामी सबै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।’
उनले भने, ‘यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरू घटे र त्यसको परिणाम स्वरुप “जेनजी” आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु ।’
‘म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालीन सरकारले कसरी हेर्यो भन्नेबारे समीक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरूलाई विदितै छ,’ डा.कोइरालाले भनेका छन् ।
सभापति देउवा र उनकी पत्नीमाथि भएको सांघातिक आक्रमण तथा ज्यान लिने उदेश्यले भएका हिंसाबारे पार्टीकै पदाधिकारीहरूले बोल्न हच्किएका बेला नेता डा.कोइरालाले घटनाको जबरजस्त रुपमा निन्दा एवम् भर्त्सना गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त विज्ञप्तिमा सभापति देउवामाथि भएको आक्रमणबारे संकुचित शब्दमा निन्दा गरिए पनि पत्नी डा.आरजु राणा र अन्य कुटाइ खानेहरूप्रति बोलिएको छैन । नेता डा.कोइरालाले देउवा परिवारमाथि भएको कुटपिटको हिंसाको राजनीतिक पूर्वाग्रही नभएर निन्दा गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया