सोसलिस्ट ईन्टरनेश्नलद्वारा सभापति देउवा र डा.राणामाथि भएको हिंसाको कडा शब्दमा निन्दा
काठमाडौं । सोसलिस्ट ईन्टरनेश्नले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा लगायत धेरै राजनीतिक व्यक्तित्वहरूमाथि भएको शारीरिक हिंसाको कडा शब्दमा निन्दा गरेको छ ।
बेलायतमा मुख्यालय रहेको सोसलिस्ट ईन्टरनेश्नलका अध्यक्ष पेड्रो सान्चेज पेरेज–कास्टेजोनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हाम्रो सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालकी परराष्ट्रमन्त्री डा.आरजु राणा लगायत धेरै राजनीतिक व्यक्तित्वहरूमाथि भएको शारीरिक हिंसाको हामी कडा निन्दा गर्छौं ।’
जेनजी आन्दोलनको नाममा भदौ २५ गतेका दिन बुढानिलकण्ठस्थित निवासमा बसेका बेला आराजक र उत्तेजक समूहले सभापति देउवा र कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी परराष्ट्रमन्त्री डा.राणामाथि सांघातिक आक्रमण गरेको थियो । लछारपछार गर्नुका साथै कुटपिट गर्नुका साथै निवासमा लुटपट गरेर आगजनी भएको थियो ।
सभापति देउवा र डा.राणामाथि ज्यान मार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको चौतर्फी विरोध भइरहेको छ । देउवा र डा.राणामाथि भएको पाश्विक र क्रुर व्यवहारका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अध्यक्ष पेड्रोले वार्तामार्फत शान्तिपूर्ण रुपमा नेपालमा लोकतान्त्रिक व्यवस्था पुनस्र्थापित गर्न आग्रह गरेका छन् । उनले भने, ‘ढिलाइ नगरी वार्तामार्फत शान्तिपूर्ण रूपमा लोकतान्त्रिक व्यवस्था पुनस्र्थापित हुने आशा गर्दै, हामी यी चुनौतीपूर्ण क्षणहरूमा हाम्रो सदस्य नेपाली कांग्रेस पार्टीसँग ऐक्यबद्धता व्यक्त गर्दछौं ।’
सोसलिस्ट ईन्टरनेश्नलका अध्यक्ष पेड्रोले नेपालमा हालै भएका घटनाक्रमहरूप्रति अत्यन्तै चिन्तित भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालैका हिंसात्मक विरोध प्रदर्शनहरूमा मारिएका २२ जना र घाइते भएका एक सयभन्दा बढी व्यक्तिहरूका परिवारहरूसँग हाम्रो समवेदना छ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया