आगोले जलेर नष्ट भएपछि सर्वोच्च अदालतद्वारा सुनुवाईहरू स्थगित
काठमाडौं । जेनजी आन्दोलनकारीले सर्वोच्च अदालत आगो लगाइ जलाएर ध्वस्त पारेपछि तत्काल सुनवाइ लगायतका कारबाही हुन नसक्ने जनाइएको छ ।
बुधबार सर्वोच्च अदालतले सूचना जारी गरेर मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ भदौ २४ गते भएको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’
मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया