सभापति देउवामाथि भएको सांघातिक आक्रमणको विरोध, कफन बाँधेर आउन तरुण-नेविसंघलाई शाहीको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री पुष्पकुमार शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन् ।

नेता शाहीले सामाजिक सञ्जालमार्फत सभापति देउवा र नेतृ डा.आरजु राणामाथि भएको आक्रमणका निन्दा एवम् भर्त्ना गरेका हुन् । उनले सभापति देउवामाथि भएको आक्रमणको विरोधमा उत्रिन आग्रह गरेका छन् ।

नेता शाहीले सभपाति देउवामाथि भएको आक्रमणको विरोध गर्न तरुण र नेविसंघलाई टाउकोमा कफन बाँधेर लडाइँमा आउन आह्वान गरेका छन् ।

नेता शाहीले भने, ‘नेविसंघ र तरुण दलका साथीहरू कहाँ छौं ? साथीहरू आउनुस् टाउकोमा कफन बाँधेर । सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबामाथि गरिएको आक्रमणको बिरुद्धमा लडाइँ लड्न आउनुस् ।’

जेनजीका आन्दोलनकारी हौँ भन्ने समूहले मंगलबार सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेका छन् । सभापति देउवा र नेतृ डा.राणालाई निकै अमावनीय तरिकाले हिंस्रक रुपमा आक्रामण गरेका थिए ।

Published : Tuesday, 2025 September 9, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया