ट्रमा सेन्टरमा घाइते भएकाहरूको उपचार (नामसहित)

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा झण्डै ५० जना घाइतेहरूको उपचार भइरहेको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सेन्टरमा उपचार भएको हो ।

सामाजिक सञ्जाल बन्द भएको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा सोमबार जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।

झडपमा १६ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा वर्ष २३ का निकेश रिजाल (बर्दिया), २६ वर्षीय हरि अधिकारी (जुम्ला), २१ वर्षीय पवन खड्का (महाराजगञ्ज), सूर्य राई (सिन्धुपाल्चोक), १९ वर्षीय सौरव कठायत (धनगढी), १७ वर्षीय हरि अधिकारी (जुम्ला), २७ वर्षीय सन्देश प्रधान (नवलपरासी), १९ वर्षीय आसुतोष बस्नेत (इटहरी), २० वर्षीय सौरव गौतम (भोजपुर), १८ वर्षीय रोशन रेग्मी (गोरखा)को उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा २७ वर्षीय रुपेश कार्की (भक्तपुर), १७ वर्षीय हरिबहादुर शाही (जाजरकोट), कुमार लामा (दोलखा), २९ प्रकाश बोहरा (दैलेख), ५२ वर्षीय हरिहर सिलवाल (मैंपी), ३० वर्षीय नेत्रविक्रम थापा (पर्सा), २६ वर्षीय दिलिपकुमार भुजेल (गाईघाट), २२ वर्षीय नवीन तामाङ (सिन्धुली), २५ वर्षीय मदन कार्की (सिन्धुपाल्चोक) रहेका छन् ।

२२ वर्षीय अश्विन राई (खोटाङ), १९ वर्षीय अनिल तामाङ (दोलखा), २२ वर्षीय मुकेश अवस्ती (डडेल्धुरा), २१ वर्षीय जान्तीसिंह ठकुरी (कञ्चनपुर), २५ वर्षीय राजेश राउद (अछाम), बेहोस एक जनाको नाम नखुलेको, १७ वर्षीय नोर्बु तामाङ (सिन्धुपाल्चोक), ३३ वर्षीय निक मगर (कीर्तिपुर), २६ वर्षीय पवन शाही (कालीकोट), २० वर्षीय लिजा अधिकारी (मोरङ) पनि घाइते भइ उपचार गराइरहेका छन् ।

भावना पौडेल, २२ वर्षीय समिर लामा (हेटौँडा), २७ वर्षीय प्रकाश धार्मी (कैलाली), २० वर्षीय सही अहमद (चन्द्रागिरी), ३० वर्षीय कपिल श्रेष्ठ (काठमाडौं), २२ वर्षीय विजय अधिकारी (रुकुम), २७ वर्षीय रुपेश कार्की (दोलखा), २२ वर्षीय अबिक तण्डुकार (काठमाडौं) पनि घाइते भएका छन् ।

घाइते भइ ट्रमा सेन्टरमा उपचार गराइरहेकामा १७ वर्षीय अभिषेक भण्डारी (बझाङ), २३ वर्षीय आदम्बन मगर (धरान), २१ वर्षीय सागर भट्टराई (झापा), २० वर्षीय आदित्यराज राजवंशी (वीरगञ्ज), २७ वर्षीय सन्देश प्रधान (नवलपरासी), २० वर्षीय सोम शर्मा (बाग्लुङ), २० वर्षीय ईश्वर धकाल (कपुरधारा), २२ वर्षीय सतिशजंग परियार (काठमाडौं), ३७ वर्षीय समु धकाल (काठमाडौं) र २१ वर्षीय लुसन सुब्बा (झापा) रहेका छन् ।

Published : Monday, 2025 September 8, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया