सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तरुण दलद्वारा विरोध, त्रुटि सच्याउन सरकारसँग आग्रह
काठमाडौं । नेपाल तरुण दलले फेसबुक, मेटा, युट्युब जस्ता सामाजिक सञ्जाल नचल्नाले गर्दा धेरैयुवाहरू डिजिलाइजेसन प्रविधिको उपयोगबाट बन्चित भएको जनाएको छ ।
सोमबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल चलाउनबाट बन्चित भएको विरोधमा जेनजी पुस्ताको आन्दोलन उठेको जनाएका छन् ।
उनले भने, ‘अहिले फेसबुक, मेटा, युट्युब जस्ता सामाजिक सञ्जाल नचल्नाले गर्दा धेरै युवाहरू डिजिलाइजेसन प्रविधिको उपयोगबाट बञ्चित भएका छन् । जेनजी पुस्ताको आन्दोलन यहि तथ्यमा आधारित रहेको कुरा भन्ने दलको ठम्याई छ ।’
कानून नबनाइकन सामाजिकहरू बन्द गर्ने सरकारको त्रुटिलाई सच्याउन तरुण अध्यक्ष गुरुङले सरकारसँग आग्रह गरेका छन् । उनले जेनजी पुस्ताको आन्दोलन
‘त्यसैले हामी नेपाल सरकारलाई यहि विज्ञप्तिमार्फत सर्वोच्च अदालतको परमादेशलाई सम्मान हुने गरी कानूनको बुँदाहरू ड्राफ्ट गरेर मात्र सामाजिक सञ्जालहरूलाई सूचिकृतको आह्वान गर्न ध्यानाकर्षण गराउँदै तत्काल सामाजिक सञ्जालहरू बन्द गर्ने त्रुटि सच्याउन आग्रह गर्दर्छौं,’ तरुण अध्यक्ष गुरुङले भनेका छन् ।
नेपाली कांग्रेसले पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाइसकेको छ । कांग्रेसले आफूलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभ्याएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया