सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्न कांग्रेसको सुझाव
काठमाडौं । नेपाली कांग्रेसले कानून नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने टिप्पणी गरेको छ ।
आइतबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्न कांग्रेसले सुझाव दिएको हो ।
शनिबार बिराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नभएको तर, नेपालमा सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका थिए ।
कांग्रेसको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे छलफल भएको छ । सर्वोच्च अदालतले कानून बनाएर मात्रै सञ्चालन गर्न दिने भन्ने परमादेश दिएको भन्ने कुराबारे कांग्रेसले छलफल गरेको जनाएको छ ।
सर्वोच्चको परमादेशको अवहेलना नहुने गरी कानून नबनाउँदासम्म बन्दमा कडाइ नगर्ने भन्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।
सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जालहरू बन्द भएका छन् । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामा कुठाराघात भएको भन्दै विरोधहरू भइरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया