रवि जेलमा रहेका बेला निशा र मुकुलबीच गोप्य भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पपक्षका लागि जेलमा रहेका सांसद निशा डाँगीले पूर्वमहामन्त्री मुकुल ढकालसँग गोप्य भेट गरेकी छिन् ।

अनुशासन उल्लंघन गर्ने काम गरेको भन्दै रास्वपाले तत्कालीन महामन्त्री ढकाललाई कारबाही गरेर पार्टीबाटै निष्काशन गरेको थियो । कारबाहीमा परेका पूर्वमहामन्त्री ढकालसँग रास्वपाकी सचेतक एवम् केन्द्रीय सदस्य डाँगीले सुटुक्क भेट गरेपछि रास्वपाभित्र खैलाबैला भएको छ ।

गत बिहीबार करीव ७ बजे काठमाडौंको बौद्धस्थित सेतोगुम्बा नजिक रहेको एमएस रिसोर्टमा उनीहरूले गोप्य भेट गरेको स्रोतले जनाएको छ । रिसोर्टको गोप्य ठाउँमा बसेर भलाकुसारी गरेको निशा र मुकुलको तस्बिर बाहिरिएको छ ।

रास्वपाका सभापति लामिछानेले ढकाललाई महामन्त्री पदबाट बर्खास्त गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर निकालेका थिए । त्यसपछि ढकाल निर्वाचन आयोगका साथै अदालतसम्म पुगेका छन् ।

Published : Sunday, 2025 September 7, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया