उराँव समुदायको उत्थानका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ : सभापति देउवा
भोक्राह । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
शनिबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा नेपाल उराँव संघले आयोजना गरेको करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै देउवाले उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
उनले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय तथा प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए ।
सभापति देउवाले उराँव समुदायको उत्थानकै लागि कांग्रेसले नेपाल उराँव संघ गठन गरेको बताएका छन् ।
तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको जातिमध्येको उराँव एक हो । शिक्षा र स्वास्थ्य अभावका कारणले पछि पर्दै आएको उराँव जाति सुनसरीमा ४० हजारको हाराहारीमा रहेका छन् ।
कार्यक्रममा कांग्रेसका नेताहरू विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, राजीव ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया