सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय गरेको छैन : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय नगरेको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सामाजिक सञ्जाल बन्द हुने हल्ला भ्रामक भएको बताए ।

सरकार र अदालत दुवैले सामाजिक सञ्जाल बन्द होइन, दर्ता अनिवार्य गर्ने कुरा मात्र उठाएका सभापति देउवाले बताएका छन् ।

‘सामाजिक सञ्जाल बन्द गर भन्ने कुरा छैन,’ देउवाले भने, ‘दर्ता गर भनिएको हो । अदालतले पनि त्यही भनेको छ ।’

देउवाले सामाजिक सञ्जाल बन्द हुने भ्रममा नपर्न जनतालाई आग्रह समेत गरेका छन् ।

सभापति देउवाले संविधान संशोधन र सरकार पुनर्गठनबारे पनि धारणा राख्दै सर्वदलीय सहमतिबिना संविधान संशोधन सम्भव नहुने र मन्त्रिपरिषद् पुनर्गठनको कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

Published : Saturday, 2025 September 6, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया