वर्तमान सरकारबाट मन्त्रीहरू फिर्ता हुँदैनन्, नयाँ मन्त्री पठाउने कुरा भएको छैन : सभापति देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’
सभापति देउवाले संविधान संशोधनका लागि दुईतिहाई आवश्यक रहेकाले दुईतिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताएका छन् । उनले त्यसका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन् ।
सभापति देउवाले वर्तमान सरकारबाट मन्त्रीहरू फिर्ता नगर्ने बताएका छन् । उनले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको बताए ।
एमाले र कांग्रेससहितका दलका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने कुरा चलिरहेका बेला देउवाले मन्त्रीहरू फिर्ता बोलाउने अस्वीकार गरिदएका छन् ।
एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बबाल मच्चाइरहेकी छिन् । एमालेभित्र भण्डारीले गुटको राजनीति चलाएकी छिन् । भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ ।
उता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा फर्किसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया