डा.शशांक र सुजाताबीच भेट, साथमा उर्जामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।

शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित डा.शशांक कोइरालाको निवासमा नेतृ सुजाता कोइराला भेटका लागि पुगेकी हुन् । कांग्रेसको महाधिवेशनको चर्चा चलिरहेका बेला दिदी र भाइबीच भेट भएको छ ।

नेतृ सुजाता कोइरालाले सार्वजनिक रुपमा नेता शेखर कोइरालालाई सभापतिको उम्मेदवार भनेर घोषणा गरिसकेकी छिन् । सभापतिको आकांक्षी डा.शशांक कोइराला पनि छन् ।

भेटका क्रममा उर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री एवम् कांग्रेस नेता दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको पनि उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 September 5, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया