कांग्रेसका खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा निर्विरोध
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका छन् ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई निर्विरोध चयन गरेको हो ।
समितिको सभापति पदमा कांग्रेसका सांसद खतिवडाको मात्रै उम्मेदवारी परेको थियो । खतिवडाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापतिमा चयन भएका हुन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक समेत रहेका समिति सदस्य श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
घिमिरेको प्रस्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।
खतिवडा यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । समितिमा निजामती कर्मचारी विधेयकमाथि प्रश्न उठेपछि खतिवडाले उच्च राजनीतिक संस्कार देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खतिवडाको कुनै गल्ती नरहेको भन्दै पुनः संसदीय सुनुवाई समितिको सभापतिमा पठाएका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया