कांग्रेसका खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई निर्विरोध चयन गरेको हो ।

समितिको सभापति पदमा कांग्रेसका सांसद खतिवडाको मात्रै उम्मेदवारी परेको थियो । खतिवडाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापतिमा चयन भएका हुन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक समेत रहेका समिति सदस्य श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

घिमिरेको प्रस्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।

खतिवडा यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । समितिमा निजामती कर्मचारी विधेयकमाथि प्रश्न उठेपछि खतिवडाले उच्च राजनीतिक संस्कार देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खतिवडाको कुनै गल्ती नरहेको भन्दै पुनः संसदीय सुनुवाई समितिको सभापतिमा पठाएका हुन् ।

Published : Friday, 2025 September 5, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया