अमेरिकाले डिपोर्ट गरेका १९ नेपालीहरूलाई विशेष विमानबाट काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकाले डिपोर्ट गरिदिएका १९ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् ।

अमेरिकाले डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले अमेरिकी चार्टर्ड फ्लाइटबाट डिपोर्ट भएकाहरूलाई काठमाडौं ल्याएको बताएका छन् ।

डिपोर्ट हुनेहरू २ जना महिला र १७ जना पुरूष छन् । अमेरिकी अध्यागमनसम्बन्धी कानूनको उल्लंघन गरेको भनेर उनीहरूलाई डिपोर्ट गरेको अमेरिकाले जनाएको छ । डिपोर्ट हुनेहरूलाई बिहीबार बेलुकी नै प्रहरीसँगको समन्वयमा छाडिएको छ ।

डिपोर्ट भएकाहरूसँग नेपाल प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गर्नेछ । उनीहरू दलालबाट ठगिएको हुनसक्ने भएकाले प्रहरीले त्यसबारे सोधपुछ गरेर मात्रै छाड्नेछ । अमेरिकाले यसअघि गत जेठमा ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

Published : Friday, 2025 September 5, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया