सभापति देउवासँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा र बहिनीद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विपिन जोशीकी आमा र बहिनीले भेट गरेका छन् ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको भेटघाटमा विपिन जोशीको रिहाइका लागि भइरहेका प्रयास र पहलका बारेमा कुराकानी भएको कांग्रेस नेता डा.अबुल हुसैन अन्सारीले बताए । सभापति देउवाले विपिन जोशीको रिहाका विषयमा आफू पनि प्रयास गरिरहेको बताएका छन् ।

विपिन जोशीकी आमा र बहिनीले सभापति देउवासँग आफ्नो पीडा, समस्या र अपेक्षाहरू राखेका छन् ।

सभापति देउवाले विषयलाई गम्भीरतापूर्वक सुन्नुका साथै सम्बद्ध निकायमार्फत सम्भावित पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस सभापति देउवाले विपिन जोशीकी आमा र बहिनीसँग प्रत्यक्ष संवाद गरी घटनाको यथार्थ जानकारी लिएका छन् । देउवाले आफू विपिन जोशीको विषयमा गम्भीर रहेको बताएका छन् ।

नेपाली युवक विपिन जोशीलाई आतंकवादी समूह हमासले इरायलबाट अपहरण गरी बन्धक बनाएर राखेको छ । विपिनको अवस्थाको बारेमा कुनै जानकारी छैन ।

परराष्ट्रमन्त्री डा.आरजु राणाले विपिन जोशीको रिहाइ र उनको अवस्थाका बारेमा जानकारी लिन कुटनीतिक प्रयासहरू गर्दै आएकी छिन् । आतंकवादी संगठन हमासले विपिन जोशीको रिहाका लागि कुनै सुनुवाई गरेको छैन ।

Published : Thursday, 2025 September 4, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया