रास्वपाका नयाँ डाक्टर’साबका जम्मा दुइटी त हुन्, के ठूलो भयो र ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)का सभापति रवि लामिछाने स्वयं नै सहकारी ठगी र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि जेलमा छन् ।
सञ्चारकर्मी रहेका बेला लामिछानेलाई आत्महत्या दुरुत्साहनदेखि ब्ल्याकमेलिङसम्मका आरोप लागेका थिए । आफ्नी पत्नीलाई छाडेर दोस्रो विवाह गरेका लामिछानेका काण्डै काण्डहरू आइरहेका बेला रास्वपाका नेताहरूको विवाद आउनु कुनै नौलो र अनौठो विषय होइन ।
रास्वपाले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई टिकट दिने वित्तिकै उनका काण्डहरू बाहिर आइरहेका छन् । डा.थापाको बहुविवाहको विषय पनि जोडतोडले आइरहेको छ । टिकट नपाएको समूहले डा.थापाका कर्तुतहरू बाहिर ल्याइदिएको छ । मिडियाबाजी गरेर नङ्ग्याएको छ ।
ललितपुरको नख्खु जेलमा रहेका रास्वपाका सभापति लामिछानेले रुपन्देही– ३ को उपनिर्वाचनका लागि ९ आकंक्षीहरूसँग अन्तर्वार्ता लिएर बहुविवाहको काण्ड लागेका डा.थापालाई टिकट दिएपछि बबाल भएको छ ।
रास्वपाका धेरै पुरुष नेताहरूले पहिलो पत्नी छाडेर दोस्रो विवाह गरेको तथा महिला नेतृहरूले पनि दोस्रो विवाह गरेका प्रसस्त उदाहरण छन् । केही नेताहरूले विदेशी पत्नी र पति पनि नेपाल भित्र्याएका छन् ।
डा.थापाले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए । डा.थापाको बहुविवाहको काण्डबारे जेलभित्र रहेका सभापति लामिछानेलाई पनि जानकारी थियो । नेताहरूले जानकारी गराएका थिए ।
डा.थापा दुवै श्रीमतीसँग बस्दै आएका छन् । डा.थापाको सम्बन्ध विच्छेद पनि नभएको नजिकका साथीहरूले बताएका छन् ।
डा.थापाका श्रीमतीहरू सुलोचना घिमिरे (पहिलो) र नुमा शर्मा (दोस्रो) हुन् । डा.थापाले सम्बन्ध विच्छेद नगरी बहुविवाह कायमै राखेर रास्वपाको टिकट लिएपछि आलोचना भइरहेको छ । डा.थापा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका निवासी हुन् ।
बहुविवाहका आरोपी डा.थापाले रास्वपाबाट उपनिर्वाचनको टिकटको आकांक्षीहरू मधुप्रसाद अर्याल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, ज्ञानु पौड्याल, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय, पुनमकुमारी अग्रवाललाई उछिनेका छन् ।
सभापति लामिछाने सुलभ खरेललाई उपनिर्वाचनको टिकट दिने पक्षमा थिए । कार्यवाहक सभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्यको सुझावपछि डा.थापालाई टिकट दिइएको थियो । टिकटको विषयमा केही नचल्ने भएपछि उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनीष झा मौन छन् ।

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा लगायत विभिन्न काण्डहरूमा मुछिएका छन् । रास्वपाका नेताहरूलाई काण्ड लाग्नु कुनै ठूलो विषय होइन । उनीहरूले अरुलाई नैतिकता सिकाउँछन् । आफ्नो नैतिकलाई ढाकछोप गर्छन् ।
यसअघि, डा.थापा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए । डा.थापाको नाम अहिले पनि उक्त पार्टीले निर्वाचन आयोगमा पेस गरेको अन्तिम बन्द सूचीको नवौं नम्बरमा छ ।
डा.थापा समानुपातिकबाट आफ्नो नामै नहटाइ प्रतिस्पर्धाको दौडमा सामेल भएका कतिपयले बताएका छन् । डा.थापाको नाम समानुपातिकको सूचीबाट हटे÷नहटेको भने यकिन छैन ।
डा.थापाकी कान्छी श्रीमती नुमा शर्मा पनि नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भएकी थिइन् ।
नर्सिङमा मास्टर्स गरेकी नुमालाई लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री जोखबहादुर महराले २०८१ जेठमा प्रदेश योजना आयोग सदस्य नियुक्त गरेका थिए । पछि चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि उनलाई हटाइएको थियो । नुमा हाल काठमाडौंमा छिन् ।
डा.थापाकी पहिलो श्रीमती सुलोचना घिमिरेले बीएससी नर्सिङ गरेकी छिन् । घिमिरे भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया