कांग्रेसको शुभेच्छुक संस्था सीडेनमा संस्थापन निकटका झाको प्यानल दोब्बर मतसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सीडेन)को चुनावमा रविभुषण झा अध्यक्ष पदमा विजय भएका छन् ।

अध्यक्षमा झासँग धनेन्द्र केसी पराजति भएका हुन् । झाले २ हजार २ सय ५१ भोट ल्याएर अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा पराजित केसीले १ हजार ५ सय ९७ मत पाएर पराजित भएका छन् ।

अध्यक्ष झाको प्यानलबाट उम्मेदवार बनेकाहरू उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका अधिकांश पदमा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित झा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । संस्थापान समूहबाट झाले प्यानल बनाएर उम्मेदवारी दिएका थिए । झाको प्यानलबाट अधिकांश विजयी भएका छन् । शेखर समूहबाट प्यानल बनाएर अध्यक्षमा उम्मेदवारी दिएका केसी आधा भन्दा धेरै मतको अन्तरले पराजित भएका छन् । शेखर समूहबाट उम्मेदवार बनेका अधिकांश दोब्बर मतको अन्तरले पराजित भएका छन् ।

महासचिवमा सुदर्शन शर्मा विजय भएका छन् । शर्माले १ हजार ९ सय ३६ भोट ल्याएर विजयी भएका हुन् ।

उपाध्यक्षमा मदनबाबु पुरी र उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भएका छन् । कोषाध्यक्षमा सुजित कोइराला विजयी भएका छन् ।

सदस्यहरूमा नानुमाया काफ्ले, आयुषमानि अधिकारी, महेश घिमिरे, ज्ञानेन्द्र त्रिपाठी, अंकित शर्मा, महेश वस्ती, सचिव न्यौपाने लगायत विजयी भएका छन् ।

नयाँ नेतृत्व चयन गर्न गत शनिबार सीडेनको चुनाव भएको थियो । मतपरिणाम आइबार मात्र सार्वजनिक गरिएको छ । सीडेनमा ६ हजार ५सय ४७ जना मतदाता छन् ।

नेपाल इञ्जिनियर परिषदबाट लाइसेन्स लिएका सबै व्यक्ति सीडेनको सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । यस संस्थामा सरकारी तथा गैर सरकारी क्षेत्रमा आबद्ध व्यक्तिहरू सदस्य छन् ।

सीडेनको चुनावका लागि बागमती प्रदेशमा काठमाडौं र हेटौँडा, कोशी प्रदेशमा विराटनगर, लुम्बिनी प्रदेशमा लमही र बुटवल, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूर पश्चिम प्रदेशमा धनगढीमा मतदान केन्द्र राखिएको थियो ।

Published : Sunday, 2025 August 31, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया