सहकारी ठग र संगठित अपराधका अभियुक्त रविको जेलभित्र तमासा

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेलभित्रबाट पार्टी सञ्चालन गर्दै आएका छन् ।

अन्य राजनीतिक दलका नेताहरूमाथि नैतिकताको प्रश्न उठाउने गरेका लामिछानेले सभापति पदलाई जेलभित्र आफूसँगै बन्धक बनाएर राखेका छन् । वरिष्ठ उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए पनि लामिछानेले सबै निर्णय जेलभित्रबाट आफै गर्ने गरेका छन् ।

आइतबार बिहान ललितपुरको नख्खुस्थित कारागारमा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि टिकटका आकांक्षी ९ जनासँग पालैपालो भेटेर आशीर्वाद दिएर पठाएका छन् । ती ९ जनामध्येबाट लामिछानेले एकजनालाई टिकट दिनेछन् ।

रास्वपाले कसलाई टिकट दिन्छ त्यसमा खासै चासो भएन । रुपन्देही ३ मा रास्वपाले जित्छ वा हार्छ त्यसमा पनि मतलब भएन । तर, नैतिकताको कुरा गर्ने सभापति लामिछानेले जेलभित्रबाट टिकट वितरण गर्नेदेखि पार्टीको सबै खटनपटन गरेर के गर्न खोजेका हुन् प्रश्न उठेको छ ।

लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको गम्भीर आरोप लागेको छ । यो आरोप सामान्य होइन । लामिछाने निर्दोष रहेछन् भने सफाइ पाउलान् । दोषी ठहर भएमा जेलभित्र बस्नुपर्ला ।

अरु नेताहरूमाथि विधि, पद्धित, कानून, संविधान र नैतिकताको प्रश्न उठाउने अभियुक्त सभापति लामिछानेमा थोरै पनि नैतिकता छभने जेलभित्रबाट पार्टी चलाउने कार्य उचित होइन ।

रास्वपालाई सञ्चालन गर्ने अधिकार र जिम्मेवारी कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई दिनुपर्छ । अर्यालले पनि आफ्नो विवेकले पार्टी सञ्चालन गर्नुपर्छ । सबैभरि सभापति लामिछानेको दास भएर अर्यालले रास्वपामा काम गर्नु हुँदैन ।

अन्य दलका नेताहरूमाथि आरोप लाग्दा सभापति लामिछानेले घोक्रो सुक्ने गरेर नैतिकतामाथि प्रश्न उठाउँदै आएका थिए । आफैमाथ प्रश्न उठ्दा भने जेलभित्र बसेर नेताहरूलाई लाइन लगाएर जेलमा तमासा गरिरहेका छन् । लामिछानेको यो तमासा केही समय चले पनि सधैँ चल्नेवाला छैन ।

सभापति लामिछानेले जेलभित्रबाट देखाइरहेको तमासा रास्वपाका केही नेताहरूले विरोध पनि गरिरहेका छन् । खुलेर बाहिर बोल्न सकेका छैनन् । तर, कुनै पनि दिन बिष्फोट हुने सम्भावना छ ।

अर्का उपसभापति स्वर्णिम वाग्ले चुपचाप छन् । रास्वपाभित्र निरिह बनेर टुलुटुलु हेरेर बसेका छन् । विधि र पद्धतिको बारेमा एक शब्द बोल्ने आँट गर्दैनन् । तोसिमा कार्की, सुमना श्रेष्ठ, सोविता गौतमहरूले पनि दास सरह मुकदर्शक बनेर हेरिरहेका छन् ।

Published : Sunday, 2025 August 31, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया