धेरै डाक्टर साबहरूको आवश्यक्ता छ, उत्पादन गर्नुछ, दुर्गममा डाक्टर जानै मान्दैनन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई स्वास्थ्य सेवामा सबैको पहुँच आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा देउवाले भने, ‘दुर्गम जिल्लामा डाक्टरहरू जान मान्दैन । मेरै जिल्लामा पनि डाक्टरहरू जान मान्दैनन् ।’
उनले भने, ‘डाक्टर साबहरूको आवश्यक्ता सबै ठाउँमा छ । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसलाई डाक्टर नभइ हुँदैन । हामीले बढीसे बढी डाक्टर उत्पादन गर्नुपर्छ ।’
‘बढीसे बढी डाक्टर पढाउनु प¥यो, यहीँ नेपालमा । विज्ञ डाक्टर नेपालमा पढाउनु पर्छ । विदेश जानु पर्दैन,’ सभापति देउवाले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘नेपालले स्वास्थ्य र शिक्षालाई महत्व दिएको छ । शिक्षा पनि जरुरी छ । स्वास्थ्य पनि जरुरी छ । देशका कतिपय ठाउँमा स्वास्थ्य सेवाहरू अहिले पनि छैन ।’
‘बहुदलीय व्यवस्था आएपछि, गिरिजाबाबु प्रधानमन्त्री भएपछि हामीले सबै गाउँपालिका त्यस बेला गाविस भनिन्थ्यो एउटा स्वास्थ्य चौकी दिने विषयमा कुरा भएको थियो । सबै ठाउँमा डाक्टरहरू पुगेका छैनन्,’ उनले भने ।
‘मेडिकल कलेज छन् । ती मेडिकल कलेजले धेरै डाक्टर साबहरूलाई पढाएको छ,’ देउवाले भने, ‘धेरै डाक्टर साबहरू उत्पादन गरेको छ । तैपनि नेपालमा स्वास्थ्य सेवा पूर्णरुपले उपलब्ध छैन भन्ने गुनासो पनि छ ।’
‘त्यसका साथसाथै नेपालको स्वास्थ्य शिक्षा निकै आवश्यक छ । डाक्टर पनि विदेशिन थाले । बिरामी पनि विदेशिन थालेका छन्,’ सभापति देउवाले भने ।

‘नेपालमा अझै पनि राम्रो स्वास्थ्य सेवा बनाउन सकेका छैनौँ । मेडिकल कलेज र अस्पतालहरूमा स्वास्थ्य सेवा पु¥याउन सकियो भने नेपाललाई मेडिकल कलेजको हब बनाउन सकिन्छ,’ देउवाले भने ।
‘स्वास्थ्य मन्त्रालय हामीसँग छ । अर्थ मन्त्रालय छैन भन्ने कुरा आयो । अर्थ मन्त्रालय हामीसँग भए पनि गाह्रै कुरा हो । हामीसँग अहिले पैसा छैन । रेमिटेन्सले बचाएको देश हो । रेमिटेन्स आउन छोड्यो भन्छन् । अहिलेको साल बजेट लिमिट छ,’ देउवाले भने ।
उनले भने, ‘नेपालमा बसेर काम गरियो भने स्वास्थ्य सेवाका लागि विदेशीहरू आउनेछन् । अहिले पनि विदेशी नागरिक उपचारका लागि आउन थालेका छन् । पढ्न पनि आउन थालेका छन् । धरानमा विदेशी नागरिक र पढ्न आउनेहरू छन् ।’
कार्यक्रममा उपसभापति धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य डा.डिला संग्रौला, नैनसिंह महर लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया