एमालेभित्र विकृति र विसंगति छ, विरोधमा लड्छु : विद्यादेवी भण्डारी
काठमाडौं । एमालेकी नेतृ एवम् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र विकृति र विसंगति रहेको बताएकी छिन् ।
बिहीबार नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटनका क्रममा भण्डारीले भनिन्, ‘पार्टीमा विकृति, विसंगति फैलाएको छ भने त्यसको विरोधमा म लडिरहनेछु ।’
भण्डारीले भनिन्, ‘म निरन्तर काम गरिरहन्छु । हुनत मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन् । तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिं के भन्न चाहन्छु भने, नेकपा (एमाले) अहिले भयो । मैले माले कालदेखि नै सदस्यता लिएको हुँ ।’
उनले आफू निरन्तर एमालेमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्ने बताइन् । भण्डारीले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको बताइन् । उनले एमालेकै कार्यकर्ताको रूपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।
उनले भनिन्, ‘म नेकपा (एमाले)को सदस्य हो । मैले सिद्धान्तधारण गरेको छु । मैले त्यही अनुसार काम गर्ने हो । मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ ।’
भण्डारीले भनिन्, ‘२०३७ सालमै लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको हो । पार्टीले निर्णय गरेर तपाईं जानैपर्छ भनेपछि मैले शपथ खाएको हुँ । मैले राष्ट्रका लागि मर्यादित भएर गर्नुपर्ने काम गरेको छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया