आईजीपी अर्यालद्वारा सीमामा थप कडाइ गर्न निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्न निर्देशन दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेन अफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरूको उत्तिकै भूमिका हुने बताए ।
सीमा ईलाकामा हुने अवैध चोरी–तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमी–कमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानबिन र कारवाहीको भागिदार बन्ने उनले बताएका छन् ।
आईजीपी अर्यालले हरेक कमाण्डर मुलुक, आमजनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै असल कार्यको लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने बताए ।
उनले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरित कार्य गर्नेमाथि कठोर हुन समेत निर्देशन दिएका छन् ।
सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नका लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हरहालतमा चनाखो बन्न पनि उनले निर्देशन दिए ।
सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बीओपी कमाण्डरहरूलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमाण्डरहरूले सीम अपराध रोकथामको लागि सरोकारवाला सबै निकायसँगको समन्वय र सहकार्यमा कार्य गर्न निर्देशन दिएका छन् ।
सीमा क्षेत्रका स्थानीय वासिन्दासँगको समन्वय र सहकार्य अझ महत्वपूर्ण रहेकाले त्यसमा समेत विशेष जोड दिन जरुरी रहेको उनले बताए ।
सीमा सम्बन्धी अभिलेखीकरण तथा त्यसको विविध पक्षहरूबारे सबै तहका कमाण्डर जानकार हुनुपर्नेमा जोड दिँदै एआईजी मगरले प्रत्येक युनिटले गर्ने राम्रा कार्य र सफलता समग्रमा संगठन र मुलुकको सफलतासँग जोडिने भएकाले त्यसतर्फ अझ बढी संवेदनशील हुन निर्देशन दिए । जटिल परिस्थितिमा प्रत्येक कमाण्डरले सही निर्णय लिन सक्नुपर्ने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया