काठमाडौंसहित विभिन्न जिल्लाका सीडीओहरूको सरुवा र जिम्मेवारी हेरफेर
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ ।
बुधबार गृह मन्त्रालयले काठमाडौंको सीडीओमा छविलाल रिजाललाई सरुवा गरेको सूचनामार्फत जनाएको छ । काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयले भक्तपुर र ललितपुरका सीडीओ पनि परिवर्तन गरेको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ । भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।
सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सीडीओको जिम्मेवारी हेरफेर भएको छ ।
ती जिल्लामा रहेका सीडीओहरू अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ ।
गणेशप्रसाद पौडेललाई बाजुरा, लीलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सीता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्णराज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सीडीओ बनाइएको छ ।
रुकुम पूर्व जिल्लाको सीडीओको जिम्मेवारी पाएकी सीता परियार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारकी पत्नी हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया