एमालेको संरक्षणमा अपराध गर्दै आएका कुख्यात गुन्डा नाइके चक्रे ठूलो ग्याङसहित पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले कुख्यात गुण्डा नाइके मिलन चक्रे (मिलन गुरुङ)लाई ठूलो ग्याङसहित पक्राउ गरेको छ ।
बिहीबार राति काठमाडौंको महाराजगञ्जस्थित सम्बाला होटलमा गुन्डा नाइके चक्रेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चक्रसँगै झण्डै ५० जना गुन्डा, विभिन्न अपराधमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । एमालेका केही नेताहरूको संरक्षणमा चक्रेले अपराधका कार्यहरू गर्दै आएका छन् । चक्रेले काठमाडौं उपत्यकामा कमाइ गरेको अबैध पैसालाई बाँके, दाङ लगायतका जिल्लामा आफ्ना समर्थकहरूमार्फत लगानी गरेका छन् । राप्ती नदीको बालुवा, ढुङ्गामा चक्रेको लगानी रहेका छन् ।
महाराजगञ्जमा रहेको साम्बाला होटलमा चक्रे विभिन्न अपराधका साथै गुण्डागर्दीमा संलग्नहरूलाई राखेर बर्थडेपार्टी मनाउन लागेका थिए । चक्रेको बर्थडेपार्टीमा मोस्टवान्टेडहरू गुन्डाहरू पनि संलग्न रहेको सूचना पाएपछि प्रहरीले छापामारेर पक्राउ गरेको थियो ।
कुख्यात गुन्डा नाइके चक्रे मिलन यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगञ्ज क्षेत्रबाट पक्राउ परेर छुटेका थिए ।
महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताएका छन् । अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिइएको तामाङले बताएका छन् ।
यसअघि, प्रहरीले साउन १५ गते बुधबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया