चीन भ्रमणमा कांग्रेस महामन्त्री थापा, उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
महामन्त्री थापा साउन ८ गते चीन भ्रमणका लागि गएको कांग्रेस निकट स्रोतले जनाएको छ । चीनले कांग्रेसका नेताहरूसँग सम्बन्ध सुधार गर्न प्रयासहरू गरिरहेका बेला महामन्त्री थापा सुटुक्क एक्लै चीन भ्रमणमा गएका हुन् । चीनमा रहँदा थापाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । महामन्त्री थापा साउन १८ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर कम्युनिस्टहरूलाई मिलाउन खोजेको छ । एमाले नेतृ समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर चीनले कम्युनिस्टहरूलाई एकठाउँमा ल्याउने प्रयास गरिरहेको छ ।
विदेश भ्रमणमा जाँदा हल्लाखल्ला गर्ने महामन्त्री थापाले चीन भ्रमणमा जाँदा कसैलाई सुईको पनि दिएका छैनन् । थापा चीन भ्रमणमा किन गएका हुन् खुलाएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया