कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
बुधबार निर्वाचन हुनेछ । मंगलबार निर्वाचन समितिले निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशनबाट सुरु हुनेछ । त्यसपछि दावी विरोधको कार्यक्रम राखिएको छ ।
अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध, नाम फिर्ता तथा अन्तिम उम्मेदवार नामावली प्रकाशन हुनेछ । तोकिएको समयानुसार एकैदिन निर्वाचन कार्यक्रम सम्पन्न गरिनेछ ।
मतदान कार्य बुधबार दिउँसो २ बजे सुरु भई ३ बजेभित्र सम्पन्न हुनेछ । मतदानस्थल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर, हेटौंडा तय भएको छ । मतगणना मतदान सकिएको तुरुन्तै सुरु हुनेछ । त्यसपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ ।
मतदानका लागि मतदाताले प्रदेश सभा सचिवालयद्वारा जारी परिचयपत्र वा वैध परिचय खुल्ने प्रमाणपत्र अनिवार्यरूपमा साथमा ल्याउनुपर्नेछ ।
कांग्रेस संसदीय दलको नेता पदबाट मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत गुमाएपछि बुधबार निर्वाचन हुन लागेको छ । संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री लामाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । बानियाँको पक्षमा २२ जना सांसद खुलेका छन् । लामाको पक्षमा १५ जना मात्रै सांसद छन् । बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया