हराएकी कांग्रेस सांसद माया एमाले मन्त्रीहरूसँग मुख्यमन्त्रीको क्वाटरभित्र फेला, २० लाख र मन्त्रीको प्रस्ताव
काठमाडौं । बागमती प्रदेश सरकारमा एमालेका तीन जना मन्त्रीहरूले हराएको भनिएकी नेपाली कांग्रेसकी सांसद माया श्रेष्ठलाई लुकाएर राखेको खुलासा भएको छ ।
बागमतीका मुख्यमन्त्री बहादुरसिं लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसद माया श्रेष्ठले हस्ताक्षर गरेकी थिइन् । त्यसपछि सांसद माया श्रेष्ठ एकाएक हराएकी थिइन् । हराएकी सांसद माया श्रेष्ठ एमालेका ३ जना मन्त्रीहरूसँग भैँसेपाटीस्थित मुख्यमन्त्री लामाको सरकारी निवासमा लुकेर बसेको खुलासा भएको हो ।
एमालेबाट वन तथा वातावरणमन्त्री बनेका कृष्ण सिल्वालले कांग्रेस सांसद माया श्रेष्ठलाई आफ्नो गाडीमा हालेर भैँसेपाटीस्थित मुख्यमन्त्री सिंहको सरकारी निवासमा लगेर लुकाएर राखेको नेताहरूले बताएका छन् ।
मध्यराति १२ बजेतिर एमालेका वन तथा वातावरणमन्त्री कृष्ण सिल्वालले कांग्रेस सांसद माया श्रेष्ठलाई मुख्यमन्त्री लामाको निवास, भैंसेपाटीमा लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
साउन ९ गते कांग्रेसबाट मन्त्री बनेका ४ जनाले सामूहिक राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
साउन १० गते कांग्रेसकी सांसद माया श्रेष्ठ एमालेका कृषि तथा पशुपंछी विकासमन्त्री बनेका प्रकाश श्रेष्ठ, वनमन्त्री कृष्ण सिल्वाल र स्वास्थमन्त्री किरण थापा मगरसंग दिनभरि भैँसेपाटीस्थित मुख्यमन्त्री लामाको निवासमा बसेकी थिइन् ।
मुख्यमन्त्री लामाको सरकार ढल्यो भने मन्त्री पद फुत्किन्छ भनेर सबैभन्दा धेरै चिन्तित एमालेका मन्त्रीहरू छन् । मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव फेल गराउन भनेर एमालेका मन्त्रीहरू लागेका छन् ।
एमालेका मन्त्रीहरूले ‘हामी छौँ, मुख्यमन्त्री पदबाट राजीनामा नदिनुस्’ भनेर लामालाई एमालेका मन्त्रीहरूले उचालेर राखेका छन् ।
मुख्यमन्त्री लामा र कांग्रेस सांसद रामकृष्ण चित्रकार तथा एमालेका केही मन्त्रीहरूले अविश्वासको प्रस्ताव बिफल बनाउन कांग्रेसका सांसदहरूलाई २० लाखसम्मको प्रस्ताव गरेको अडियो नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीसम्म पुगेको छ ।
केसी बागमती कांग्रेसको विवाद मिलाउन केन्द्रले हेटौँडामा खटाएको छ । मुख्यमन्त्री लामा र सांसद चित्रकारले आफ्नो अंगरक्षक, पिए लगायतको मोबाइलबाट सांसदहरूलाई फोन गरेर २० लाखसम्म दिने र मन्त्री बनाइदिने भनेर प्रस्ताव गरेका हुन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया