लाखौँ घूस काण्डमा परेकी रञ्जिता श्रेष्ठलाई कारबाहीको तयारी, राष्ट्रिय भेला बोलाउने निर्णय
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा बसेको नाउपाका संस्थापक पदाधिकारी, सदस्य, सांसद र जनप्रतिनिधिहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको नेताहरूले बताएका छन् ।
पोखराको लिची बगैचा घूस प्रकरणमा मुछिएकी नाउपाकी अध्यक्ष समेत रहेकी सांसद श्रेष्ठलाई कारबाहीको तयारी भएको छ । बेलाबेला काण्डैकाण्डमा पर्ने गरेकी श्रेष्ठलाई नाउपाले हदैसम्मको कारबाही तयारी गरेको नेताहरूले बताएका छन् ।
श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष नाउपाको बैठकले गरेको छ ।

अध्यक्ष श्रेष्ठलाई इमले, मोबाइल, ह्वाट्सएसपमार्फत केन्द्रीय समितिको बैठक बोलाउने विषयमा माग गर्दा समेत बेवास्ता गरेको आरोप लागेको छ । बहुमत सदस्यहरूको मागलाई श्रेष्ठले अपमान गरेको नाउपाको बैठकले निष्कर्ष निकालेको छ ।
नाउपाले साउन १४ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ । नाउपाका संस्थापक सदस्य समेत रहेका दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले अर्का सदस्य रामलाल डंगौरा थारुको अध्यक्षमा भेला गर्ने निर्णय गरेको छ । बैठकमा नाउपाका संस्थापक सदस्यहरू, सांसदहरू, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
घूस काण्डमा मुछिएपछि नाउपाकी अध्यक्ष श्रेष्ठले वरिष्ठ शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी छिन् । बास्तोला अध्यक्ष श्रेष्ठ निकटका मानिन्छन् । बास्तोला पोखरा निवासी हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया