पोखरा जग्गा घूस प्रकरणमा मुछिएकी रञ्जीताको अध्यक्ष पद बाँस्तोलामा गयो
काठमाडौं । घूस काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शिव बाँस्तोलालाई दिएकी छिन् ।
अध्यक्ष श्रेष्ठले वरिष्ठ नेता बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि शनिबारदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् ।
यसअघि शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी छिन् ।
आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको बताएकी छिन् ।
पोखराको लिची बगानको जग्गा प्रकरणको घूसमा अध्यक्ष श्रेष्ठ मुछिएकी छिन् । उनी घूस काण्डमा मुछिएपछि नाउपामा खैलाबैला भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया