संविधानमा केही कुरा संशोधन गर्न आवश्यक भयो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
काठमाडौंमा शुक्रबार ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताए ।
‘संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो,’ देउवाले भने, ‘आवश्यकता अनुसार संशोधन हुन्छ नै ।’
सभापति देउवाले भने, ‘राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो पक्षमा म पनि छु, भारतसहित अन्य देशमा पनि त्यस्तो व्यवस्था छ ।’
नाममा कम्युनिस्ट भए पनि व्यवहारमा सबै पार्टीहरूले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको सभापति देउवाले बताएका छन् ।
अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन गाह्रो भएकाले अरू दलसँग मिल्नुपर्ने बाध्यता रहेको सभापति देउवाले बताएका छन् ।
कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया