असफल मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका २१ सांसदद्वारा हस्ताक्षर
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामालाई दलको नेताबाट हटाउन शुक्रबार हेटौँडास्थित संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताए ।
लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् । लामा असफल र निकम्मा मुख्यमन्त्री हुन् । कार्यसम्पादनमा निकै कमजोर मानिएका लामाले कांग्रेसका सांसदहरूलाई बजेट र योजना समेत दिएका छैनन् ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्ताव दर्ता गर्नुअघि कांग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् । उनीहरूले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र पठाएका छन् ।
बहादुरसिं लामाको बहिर्गमनपछि ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको छ ।
सभापति देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बोलाएर छलफल गरेका थिए । देउवाले लामालाई मुख्यमन्त्री पदबाट राजीनामा दिएर पूर्वसहमति कार्यान्वयन गर्न निर्देशन दिएका थिए । सभापति देउवाको निर्देशन विपरित मुख्यमन्त्री पदबाट राजीनामा नदिएर लामा लुकेर हिँडेका थिए ।
लामाले मुख्यमन्त्री पद छाड्ने संकेत नगरेपछि सांसदहरूले संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रसव दर्ता गराएका हुन् ।
२०७९ पुस १३ भएको बागमती कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत पाएका थिए । अहिले अवस्था उल्टिएको छ । लामाको पक्षमा निकै थोरै सांसद छन् । दुईतिहाई सांसद बानियाँको पक्षमा खुलेका छन् । कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन् ।
मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको शुक्रबार एक वर्ष पूरा भएको छ । सय दिन पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन् ।
लामा तत्कालीन अवस्थामा मुख्यमन्त्री बन्दा बानियाँलाई एक वर्षपछि पद छोड्नुपर्ने लिखित सहमति भएको थियो ।
१४ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री लामासहित कांग्रेसका ८ जना सरकारमा सहभागी छन् । सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, खानेपानी तथा उर्जा सिंचाइँमन्त्री श्याम खड्काले राजीनामा दिएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया