प्रहरी बढुवामा गृहमन्त्री र आईजीपीको सुझबुझपूर्ण निर्णय, झल्लु एसपी र डीएसपीहरूको सूची तयार
काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीभित्र केही सुधारको प्रयास गरेका छन् ।
गृहमन्त्री लेखक र आईजीपी थापाले प्रहरीमा शुरु गरेको सुधारका केही संकेतहरू देखिएका छन् । नेपाल प्रहरीको विधेयक राज्य व्यवस्था समितिमा छलफलमा छ । विधेयक पास भएर आयो भने प्रहरीमा धेरै सुधारहरू हुने पक्का छ ।
प्रहरीमा रोकिएका बढुवा हुन् वा सरुवा विधि तथा नियममा रहेर गृहमन्त्री लेखक र आईजीपी थापाले काम गर्दै आएका हुन् । तयारी गर्दा सरुवा, बढुवामा केही समय ढिला भएको हुन सक्छ । तर, निर्णय गर्दा गृह मन्त्रालय र प्रहरी हेडक्वाटर नक्सालले विधि, प्रक्रिया भन्दा बाहिर गएर सरुवा, बढुवा नगरेको हेडक्वाटरले जनाएको छ ।
गृहमन्त्री लेखक प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेप गरेर बेथिति निम्ताउन चाहँदैनन् । आईजीपी थापा पनि अवकासमा जानुभन्दा अगाडि प्रहरीभित्र विगतका आईजीपीहरूले जस्तो विवादित काम गर्ने पक्षमा छैनन् । आईजीपीको पदमा जति दिन बस्छन् त्यति दिन थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने पक्षमा छन् । आईजीपी थापाको त्यो स्पीड देखिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा होस् वा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाको निर्णयमा पनि गृहमन्त्री लेखक र आईजीपी थापाले विधि, पद्धतिलाई आधार बनाएर गरेका छन् । प्रधानमन्त्री केपी ओलीका साथै गृहमन्त्री लेखकले पूर्वाग्रही भएर डीआईजीबाट एआईजी बढुवामा मनोज केसीलाई रोक्छन् भन्ने भाष्य बनाइएको थियो । तर, प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र आईजीपी थापाले पूर्वाग्रह देखाएनन् । केसीलाई बढुवा गरिदिए ।
प्रहरी उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्दा पनि कार्यसम्पादन, वरिष्ठता र विधिलाई ख्याल राखेर बढुवा गरिएको थियो ।
आइतबार एसपीबाट एसएसपीमा बढुवा गर्दा पनि गृहमन्त्री लेखक र आईजीपी थापाले विधि, पद्धति र नियमावलीअनुसार नै गरेका छन् । उनीहरूले वरिष्ठताका आधारमा बढुवा गरेर भेदभाव गरेका छैनन् । बढुवामा छुटेका पुछारका एसपीहरूलाई चित्त बुझेको छैन । पुछारमा रहेका ती झल्लु एसपीहरूले प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र आईजीपी थापाविरुद्ध मिडियाबाजी गरिरहेका छन् । ती झल्लु एसपीहरूका हर्कत बालुवाटार, सिंहदरबार हुँदै हेडक्वाटरसम्म पुगेका छ ।
फौजको संगठनमा रहेर चेनअफ कमाण्ड उल्लंघन गरी अनुशासनहीन कार्य गर्ने ती झल्लु एसपीहरूले मिडियाबाजी गर्ने हो भने ३/४ महिनापछि हुने बढुवामा पनि छुट्ने पक्का छ । बढुवामा नपरेपछि रेष्टुरेन्टहरूमा बसेर मदिरा सेवन गरि गृहमन्त्री लेखक र आईजीपी थापाविरुद्ध अभिव्यक्ति दिने, मिडियाबाजी गर्ने जस्ता हर्कत तत्काल रोक्दा नै उनीहरूको भलो हुनेछ । होइन भने त्यसको मूल्य चुकाउनु पर्ने पक्का छ ।
डीएसपीबाट एसपीमा बढुवा भएकाहरूको पनि कार्यसम्पादन र विधि अनुसार नै बढुवा सिफारिस भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । सिनियर डीएसपी हुँ भन्ने, सधैँ आकर्षक र मालदार ईञ्चार्ज खाइरहने, कार्यसम्पादनमा शून्य क्षमता भएका त्यस्ता झल्लु डीएसपीहरूले पनि गृहमन्त्री लेखक र आईजीपी थापाविरुद्ध मिडियाबाजी गराउनेदेखि रेष्टुरेन्टमा बसेर गालीगलौज गर्ने कार्य रोक्नुपर्छ । त्यस्ता झल्लु डीएसपीहरू के कारणले बढुवामा छुटे भन्ने कुरा राम्रोसँग बुझेका छन् । मिडियामा गृहमन्त्री र आईजीपी थापाविरुद्ध समाचार लेखाउँदैमा बढुवा हुने होइन होला ? यस्तै मिडियाबाजी भयो भने ती झल्लु डीएसपीहरू पनि फेरि पनि बढुवामा छुट्ने सम्भावना कायम नै छ ।
प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) डीएसपीमा बढुवा भएकाहरू पनि सन्तुष्ट छन् । वरिष्ठ सईहरूको बढुवा पनि हेडक्वाटरले कार्य सम्पादन मूल्याङ्कन र विधिअनुसार नै गरेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया