पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउन सके कांग्रेसले बहुमत प्राप्त गर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीभन्दा राम्रो सिद्धान्त कांग्रेसको रहेकाले यसबारे जनतालाई बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका हुन् ।
सबैभन्दा पुरानो पार्टी कांग्रेसको प्रजातान्त्रिक समाजवाद अन्य दलको भन्दा फरक रहेको उनले बताएका छन् । उनले सबै नागरिकहरूलाई समावेश गर्ने गरी समावेशी सिद्धान्तका आधारमा बनेको संविधान र निर्वाचन प्रक्रिया रहेकाले सबैको समर्थन प्राप्त गर्न सक्ने अघि बढ्नुपर्ने बताए ।
सभापति देउवाले पार्टी कार्यालयमा पुस्तकालय बन्नु राम्रो भएको बताएका छन् । उनले भने, ‘महामन्त्री गगन थापाजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभएको छ । मैले त पुस्तकालय तल राखौं भनेको तर, उहाँले माथि राख्नु भएको छ, उसै त कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन् ।’
पुस्तकालयमा राम्रा किताबहरू रहेको भन्दै देउवाले महामन्त्री थापाको प्रशंसा गरेका थिए । पुस्तकालयमार्फत पार्टीका नीति र सिद्धान्त बुझाउन सके राम्रो हुने पनि सभापति देउवाले बताए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया