निरंकुश बन्दै राप्रपा अध्यक्ष लिङ्दने, उपाध्यक्ष गिरीको दुई पद खोसिदिए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुकुन्दश्याम गिरीलाई कारबाही गरेका छन् ।
शुक्रबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरेर उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरिएको बताएका छन् ।
गिरीलाई पदमुक्त गर्नुको कारण केही खुलाइएको छैन । यसअघि पनि राप्रपाका अध्यक्ष लिङ्देनले नवराज सुवेदी र सगुनसुन्दर लावतीलाई कारबाही गरेर जिम्मेवारी खोसिदिएका थिए ।
राप्रपाका अध्यक्ष लिङ्देन पार्टीभित्र निकै निरंकुश बन्दै गएको सन्देश दिएका छन् । लिङ्देनले धमाधम अनुशासन र कारबाहीको डण्डा चलाइरहेका छन् ।
Published : Friday, 2025 July 18, 4:34 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया