कांग्रेस नेता कोइरालाद्वारा एमाले नेतृ भण्डारीसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

शुक्रबार बिहान कोइरालाले भण्डारीलाई भेट गरेका हुन् । बुढानिलकण्ठ नगरपालिकाको भंगालस्थित निवासमा पुगेर कोइरालाले भण्डारीलाई भेट गरेका हुन् ।

भेटका क्रममा कोइराला र भण्डारीबीच के विषयमा कुराकानी भएको हो ? केही भनिएको छैन । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएकी छिन् । कोइरालाले पार्टी सभापतिका लागि तयारी गरिरहेका छन् ।

यसअघि, कांग्रेस नेता कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । कोइराला र दाहालबीच खुमलटारमा बिहीबार भेट भएको थियो ।

Published : Friday, 2025 July 18, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया