शेखरद्वारा प्रचण्डसँग भेट, सरकारविरुद्ध अविश्वास पैदा गर्ने प्रयास


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

बिहीबार दिउँसो ललितपुरको खुमलटारस्थित दाहाल निवासमा कोइराला र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

दाहाल र कोइरालाबीच सरकारविरुद्ध कसरी रणनीति बनाएर जाने भन्ने विषयमा कुराकानी भएको भन्ने स्रोतले जनाएको छ ।

दाहालले नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार ढाल्न प्रयास गरिरहेका छन् । सरकार ढाल्ने प्रयास र रणनीति स्वरुप दाहालले कोइरालालाई भेट गरेर तरंग ल्याइदिएका छन् ।

Published : Thursday, 2025 July 17, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया