बागमतीका आर्थिक मामिलामन्त्री र सचिवबीच घम्साघम्सी, सचिवले लगे ३५ करोडको योजना
काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री र सचिवबीचको द्वन्द्वले आर्थिक वर्ष २०८२/८३ को बजेट बेहाल अवस्थामा पुगेको छ ।
बजेट बनाउने समयमा मन्त्री कुन्दनराज काफ्ले र सचिव कृष्णप्रसाद मैनालीबीच घम्साघम्सी परेको थियो । मन्त्री काफ्ले र सचिव मैनालीले बनाएको खराब बजेटका कारण बागमती प्रदेश सरकारको निकै आलोचना भएको थियो । मन्त्री र सचिवको विवादले समयमा बागमती प्रदेश सरकारको बजेट पास हुन सकेन । बजेट पास गर्दा पूरक बजेट ल्याउने गरि पास भएको थियो ।
मन्त्री काफ्ले र सचिव मैनालीले रातारात विभिन्न मन्त्रालयमा बजेट सिलिङ थपेपछि बागमती प्रदेश सरकारको बजेट ७२ अर्ब पुगेको थियो । पछि कांग्रेस र एमाले मन्त्रीहरूले क्याबिनेटमै चर्को बिरोध गतेपछि बजेट ६७ अर्बमा झारेको थियो ।
मन्त्री काफ्लेले आफ्नो भाग खेजेपछि सचिव मैनालीले पनि आफ्नो भाग खोज्दै ३५ करोडको योजना थपेको मन्त्रालय श्रोतले बताएको छ । सचिव मैनालीले पनि ३५ करोडको योजना आफ्नो तजबिजका आधारमा वितरण गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया