कांग्रेसको निर्देशन समितिद्वारा महिला संघका पदाधिकारीसँग छलफल, महाधिवेशन समयमा गर्ने सहमति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाल महिला संघको अधिवेशन समयमै सम्पन्न गर्नको लागि गठित निर्देशन समितिका संयोजक डा.प्रकाशशरण महतले समयमा महाधिवेशन गर्नका लागि नेपाल महिला संघका पदाधिकारीहरूसँ छलफल गरेका छन् ।
मंगलबार कांग्रेसमा भएको बैठकमा प्रवक्ता डा.महतले महिला संघको महाधिवेशन समयमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न अध्यक्ष उषा राउत मिश्रसहित पदाधिकारी र सदस्यहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष राउतले पनि आफूहरू महाधिवेशन गर्न तयारी अवस्थामा रहेको बताएकी छिन् ।
प्रवक्ता डा.महतका साथै कांग्रेस केन्द्रीय सदस्यद्वय पुष्प भुसाल र रुकमणि कोइराला, नेपाल महिला संघको केन्द्रीय अध्यक्ष उषा राउत मिश्र लगायतका महिला संघका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
महिला संघको महाधिवेशन समयमै सम्पन्न गर्न सबैजना आ–आफ्नो ठाउँबाट लाग्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको महिला संघकी अध्यक्ष राउतले बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया