सरकार र निजी क्षेत्रले ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु परेको छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको बताए । उनले ऊर्जा विकासका लागि सरकारले सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
देउवाले सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा बताएका छन् ।
देउवाले जलविद्युत् आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडले चाँडै शेयर निष्कासन गर्ने बताए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पति भएको यनदृ बताएका छन् । देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरेका छन् ।
सभापति देउवाले भने, ‘अहिले उत्पादन विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’
‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ । शेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने छ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ,’ देउवाले भने, ‘उर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण नेपालको प्रकृतिले दिएको सम्पति हो । ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रिन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने उनले बताए ।
वार्षिक साधारणसभाका अवसरमा इप्पानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया