नागरिक दैनिककी निर्देशक शोभाले उठाइन् ४३ करोड, पत्रकारहरूले पाएनन् ८ महिनाको तलव
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशक शोभा ज्ञवालीले पत्रकार र श्रमिकहलाई चरम श्रम शोषण गरेको आरोप लागेको छ ।
सोमबार श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले नेपाल रिपब्लिक मिडिया लिमिटेडको प्रकाशन नागरिक दैनिकका पत्रकारहरूलाई ८ महिनाको तलव नदिएको बताएका छन् ।
निर्देशक ज्ञवालीले आईपीओ मार्फत ४३ करोड रकम उठाएर पत्रकार र श्रमिकहरूलाई तलव भन्दा नदिएको, ७५ प्रशितशतसम्म तलव काटेको लगायतका कार्य गरेको अध्यक्ष जैसीले बताएका छन् । निर्देशक शोभा ज्ञवालीले नागरिक दैनिकसहितका सहप्रकाशनहरूमा कार्यरत पत्रकारहरूलाई ८ महिनादेखिको तलव नदिएपछि आन्दोलन चर्किएको छ । अध्यक्ष जैसीले तलव र श्रमिकहरूलाई ८ महिनासम्म तलव, भत्ता नदिने निर्देशक शोभा ज्ञवालीको कर्तुतहरू बाहिर ल्याएका छन् । आईपीओको नाममा ४३ करोड रकम संकलन गरेकी शोभा ज्ञवालीलाई संघले तनाब दिने पक्का जस्तै भएको छ ।
अध्यक्ष जैसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आईपीओ मार्फत जनताबाट ४३ करोड उठाएको नागरिक दैनिकको व्यवस्थापन पक्षले ८ महिनादेखि तलव नदिएको, कतिपयको तलव ७५ प्रतिशत काटेको, ऐनले तोकेका सेवासुविधा नदिएको विषयमा त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरू र वकिलसहित गएको शनिबार छलफल भयो ।’
‘राम्रो तयारी गरेर छिट्टै दबाबमुलक कार्यक्रमसहित नागरिक दैनिकको मुलगेट धर्ना दिने योजना बनाएका छौं,’ अध्यक्ष जैसीले चेतावनी शैलीमा भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया